• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 05:54 am

बिदा नपाउनेहरुको दशैं कसरी बित्छ ?

तस्विर : चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मी गस्ती गर्दै

दमक । नेपालीहरुको महान चाड वडा दशैंको रौनकता सबैतिर छाएको छ । घरदेखि टाढा–टाढा गएकाहरु समेत दशैमा घर फर्किएर आफन्त, साथीभाई तथा परिवारसँग रमाईलो गरिरहेका छन् । तर स्वदेशमै रहेरपनि घर जान नपाएकाहरु भने आफ्नै कार्यक्षेत्रमा बसेर मन अमिलो पार्दै अरुकै रमाईलो हेरेर चित्त बुझाईरहेका छन् ।

हुदा खाने र हुनेखाने सबैले आ–आफ्नो गच्छे अनुसार दशैं मनाइरहेका छन् । तर, कामकै चटारोले बिदा नपाएर कार्यक्षेत्रमै मन अमिलो पार्दै बसेकाहरुको मन भने यतिबेला खिन्न छ । बिशेष गरेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतका चौबिसै घण्टा आफ्नो कर्तब्य पालनामा रहेकाहरु भने दशैंमा पनि घर गएर परिवार तथा आफन्तहरुसँग खुसी साटासाट गर्न नपाउँदा खिन्न देखिन्छन् । 

बिशेषगरी, सुरक्षाकर्मीहरुलाई यो चाँडपर्व अरुकै सेवामा लागेर बित्ने गरेको छ । दशैंका बेला खासगरी टिकाका दिन त झन् सडकमा सवारीको चाप हुने भएकाले ट्राफिक प्रहरीलाई भ्याईनभ्याई हुन्छ । तर राष्ट्रको सेवा गर्ने भनेर सपथ लिएको सम्झदै चाड–पर्वमा पनि कार्यस्थलमै खटिने गरेको दमक ट्राफिक प्रमुख यज्ञप्रसाद शर्मा बताउछन् ।

यस्तै सुरक्षाकर्मीहरु जस्तैै बिदा नपाउनेमा संचारकर्मीहरु पनि छन् । उनिहरुलाई पनि कहिल्यै चाँड–पर्वले छुदैन । परिवारको साथमा बसेर दशै मनाउने रहर हुँदाहुदै पनि आफुले अंगालेको पेशामा रमाउनु पर्ने बाध्यता छ । हर बखत ताजा सुचना र देशमा भईरहेको घटनालाई नागरिकसामु सुसूचित गर्नुनै आफ्नो मुख्य जिम्मेवारी ठानेर कर्तब्य पालना गर्नुपर्ने बताउछन झापा दमकका सञ्चारकर्मी गोबिन्द ल्वागुन ।

त्यस्तै बरुण यन्त्रकर्मी, स्वास्थ्यकर्मीहरुले पनि दशैमा बिदा नपाउदाको पीडा उस्तै छ । स्वास्थ्य क्षेत्र पनि अति नै संवेदनशील क्षेत्र भएकोले स्वास्थ्यकर्मीहरुले बिदा पाउन गाह्रो हुन्छ । चाड–पर्वमा परिवारसंग बसेर रमाइलो गर्ने रहर हुदाहुदै पनि आफ्नो पेशामा मर्यादित हुनु आफ्नो कर्तव्य ठान्छन् स्वास्थ्यकर्मीहरु ।

चाड–पर्र्वमा परिवारको साथमा दशैं मनाउन नपाउँदा जो कोहीलाई पनि नरमाइलो त लाग्छ नै तर पनि  आफ्नो काम, कतव्य र परिबेशले गर्दा परिवारको साथमा दशै मनाउन नपाएकाहरुको पीडा कमको हुन्न ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

के दिल्लीका जनताले मोदीको विभेदपूर्ण राजनीतिलाई अस्विकार गरेकै हुन् ? 

  • २९ माघ, २०७६

नयाँ दिल्ली । ५० वर्षीय राजेश कुमार भारतको राजधानीमा सम्पति विक्रेताको काम गर्छन् । ९ महिनाअघि भएको राष्ट्रिय निर्वाचनमा उनले प्रधानमन्त्री

सरकार, अख्तियार, काङ्ग्रेस र गच्छेदार

  • २८ माघ, २०७६

सरकार : वर्तमान सरकारले आफ्ना कामकारबाही र गतिविधि स्वच्छ, निस्पक्ष, पारदर्शी र संस्थागत बनाउने प्रतिबद्धता सहित आफूलाइ अगाडी बढाउनु पर्ने अनिवार्य

अपूर्ण क्रान्ति : दिशा पक्रन नसकेको अर्थनीति र समाजवादको सपना

  • २६ माघ, २०७६

क्रान्तिकारी आन्दोलन  संझौतामा टुङ्गिएपछि आर्थिक, सामाजिक र सांस्कृतिक  रुपान्तरणका एजेन्डा सबैभन्दा पहिला सकिनेछन् । हिजोका परिवर्तनकारी