• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चिनियाँ राष्ट्रपति सीको सुरक्षाको जिम्मा नेपाली सेनालाई

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका लागि यही असोज २५ गते शनिवार नेपाल आउने भएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । 

शनिवार अपरान्ह (१२ अक्टोबर) काठमाडौं उत्रने भएका राष्ट्रपति सी आइतबार अपरान्ह बेइजिङ फिर्नेछन् । उनी ११ अक्टोबर भारत गएर १२ अक्टोबरमा नेपाल आउन लागेका हुन् ।

सुरक्षामा नेपाली सेनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग रहने रिपोट्र्स क्लबले जनाएको छ ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका चिनियाँ राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटमा दुईपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ।

त्यस्तै, भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही नेपाल प्रस्तावित परियोजनामा नेपाल–चीनबीच सम्झौता हुने पनि बताइएको छ ।

चिनियाँ राष्ट्रपतिको सम्मानमा नेपाली समकक्षी भण्डारीले शनिबार विशिष्ठ रात्रीभोजको आयोजना गर्दै्छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर