दुई समूहबिच भएको झडपमा एक जनाको मृत्यु, दुई जना पक्राउ

कैलाली ।  कैलालीको लम्कीमा दुई समूहबिच भएको झडपमा परि एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा २० गते राती भएको झडपमा परि घाईते भएका एक जनाको बिहिवार मृत्यु भएको हाे । 

वडा नम्वर १ थकालीपुरका २० बर्षीय भगत भण्डारीको मृत्यु भएको हो । उनको टाउको र आखामा चोट लागेकोमा उपचारका लागि लखनउ पठाईएको थियो । लखनउमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । घटनामा संग्लन भएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

लम्की चुहा नगरपालिका वडा नम्वर १ का बृहस्पती शाही र जिवन रावललाई प्रहरीले पक्राउ गरेको हो । मृतकको शव पोष्टमार्टका लागि भेरी अस्पतालमा राखिएको छ भने घटनाको अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।

मृतकका आफन्तले ६ जना विरुद्ध किटानी जाहेरी दिएका छन्। वडा नम्वर १ का वडा अध्यक्षका छोराको समेत घटनामा संग्लनता रहेको आरोप लागेको छ। स्थानीयले दुई समूहबिच ढुङगा हानाहान भएको बताएका छन् । 

२० गते राती १० बजे युवाहरुको दुई समूहविच विवाद हुँदा झडप भएको थियो। प्रहरीले भने घटना के कती कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर