• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मगर समुदायको पहिचार बचाइराख्न ऊर्जामन्त्री पुनको आग्रह

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विश्वभर छरिएर रहेका नेपाली मगर समुदायलाई मगर जातिको पहिचान बचाईराख्न आग्रह गरेका छन् । भाषा र पहिचान भनेको गौरवको विषय भएको भन्दै उनले ‘म को हुँ ?’ भन्ने मनोविज्ञान बचाई राख्नु नै महत्वपुर्ण भएको बताए ।

राजधानी काठमाडौंमा आयोजित मगरहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन् । 

उनले विश्वभर मगर समुदायका नेपालीले उल्लेखनिय काम गरेर चर्चामा आएको दृष्टान्त दिदै मगर समुदायका ‘रोलमोडल’ लाई हेरेर अघि बढ्नुपर्ने बताए । कुनैपनि संगठनसंग अन्तक्रिया गर्दा आफूले आफूलाई मगर ठान्नपर्ने भन्दै जातिय विषयको रक्षा गर्नेभनेको भाषा रहेको बताए । उनले भने–‘मगर जाति जहाँरहेपनि उसले मान्दै आएको भातृत्व हुन्छ ।’

विश्वभरीका मगरहरुलाई एकैठाउँमा ल्याउने प्रयास भएको भन्दै उनले खुसी व्यक्त गरे । 

विभिन्न देशबाट आएमा मगर समुदायका प्रतिनिधि र सहभागीहरुले आ–आफु कार्यरत रहेको देशमा आफुले गरेका कामहरुको बारेमा पनि छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर