च्याम्पियन्स लिगः आज बार्सिलोना, लिभरपुल, चेल्सी र इन्टर मिलान भिड्दै
एजेन्सी । युरोपको सबभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज बार्सिलोना, लिभरपुल, चेल्सी तथा इन्टर मिलानले आज प्रतिस्पर्धा गर्दै छन् । लिगमा आज ग्रुफ इ, एफ, जी तथा एचका टोलीले प्रतिस्पर्धा गर्दै छन् ।
लिगअन्तर्गत आजको पहिलो खेलमा चेल्सीले अजाक्ससँग प्रतिस्पर्धा गर्दै छ । चेल्सी र अजाक्सीबीचको खेल नेपाली समयअनुसार आज राति १० बजेर ४० मिनेटमा हुनेछ । त्यसैगरी, आज सोही समयमा आरबी लेइपजिग र जेनिट आपसमा भिड्नेछन् ।
त्यसैगरी, आज राति नै हुने लिगको अर्को खेलमा बार्सिलोनाले स्लाभिया प्राहासँग प्रतिस्पर्धा गर्नेछ भने सोही समयमा नापोली र रेड बुल आपसमा भिड्दै छन् ।
त्यसैगरी, आज नै सोही समयमा हुने अर्को खेलमा साबिक विजेता लिभरपुल र जेन्क आमनेसामने हुँदैछन् भने । सोही समयमा इन्टर मिलानले डर्टमन्डको सामना गर्नेछ । त्यस्तै, आज हुने सातौं खेलमा भ्यालेन्सियाले लिलीसँग प्रतिस्पर्धा गर्नेछ भने आजको अन्तिम खेलमा लियोन र बेनिफिका मैदान उत्रिँदै छन् ।
आजको खेल
चेल्सी विरुद्ध अजाक्स (२२ः४०)
आरबी लेइपजिग विरुद्ध जेनिट (२२ः४०)
बार्सिलोना विरुद्ध स्लाभिया प्राहा (१२ः४५)
नापोली विरुद्ध रेड बुल (१२ः४५)
लिभरपुल विरुद्ध जेन्क (१२ः४५)
इन्टर मिलान विरुद्ध डर्टमन्ड (१२ः४५)
भ्यालेन्सिया विरुद्ध लिली (१२ः४५)
बेनिफिका विरुद्ध लियोन (१२ः४५)
प्रतिकृया दिनुहोस