• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 10:16 pm

निर्मला पन्त प्रकरणः डिएनएलाई प्रमाण मान्न नमिल्ने

काठमाडाैं । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ।

गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य संकलन र त्यसको परीक्षण विधिबारे अनुसन्धान गर्न राष्ट्रियविधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो।

समितिमा डिएनए विज्ञ एवं विधिविज्ञान प्रयोगशालाका निर्देशक डा। जीवनकुमार झा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा। तुलसी कँडेल सदस्य थिए।

गत वर्षको साउन साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो। निर्मलाको भेजिनल स्वाब र डिएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमाथि राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएपछि त्यसलाई निरुपण गर्न प्राविधिक अनुसन्धान समिति गठन गरिएको मन्त्रालय जनाएको थियो।

कञ्चनपुर प्रहरीले गत वर्षको भदौ ४ गते दीलिपसिंह बिष्टलाई बयान र अन्य प्रमाणका आधारमा सो घटनामा संलग्न भएको पाइएको भन्दै सार्वजनिक गरेको थियो। तर बिष्टको डिएनए परीक्षण हुँदा मेल नखाएकाले उनलाई प्रहरीले अदालतमा पेस गर्न सकेन।

महाकाली अञ्चल अस्पतालका डा। हरिकुमार श्रेष्ठसहित ३ जनाको टोलीले निर्मलाको शव पोस्टमार्टम गर्दा उनको मृत्यु घाँटीको अगाडिको किलकिले हड्डी भाँचिएको र यौनांगमा ‘हाइमेन टियर’ भएको तथा भेजिनल स्वाब लिँदा बिर्य नदेखिएको तर निश्चित हुन त्यसको नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउनुपर्ने भनेको थियो। त्यसकै आधारमा प्रहरीले डिएनए परीक्षण गर्दै आएको थियो। याे समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको राशिफल: जेठ १४ बुधबार तपाईको आज

  • १४ जेठ, २०७७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु

चन्द्र शमशेरको पत्र जसले लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्छ

  • १३ जेठ, २०७७

काठमाडौं । पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको

आजको राशिफल: जेठ १३ मंगलबार तपाईको आज

  • १३ जेठ, २०७७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग