• शुक्रबार २-२३-२०७७/Friday 06-05-2020/ 07:44 am

अत्याचारी हो भारत

नक्सा बनाई भ्रमजालको
दुष्टता देखाइस् भारत ।
नंग्राले कोतरी पवित्र भूमिको
पारिसकिस् आहत ।। 

गाड्छन् चक्षु नदीनालाहरूमा
आसक्ति दिनरात ।
तेरा जन यता खदेडीकन
पार्दैछस् भीड खात ।।

लिपुलेक, सुस्ता निचोरिस् तैंले
नराखी कुनै दया ।
दशगजा चेपी ल्याइस् खुब गरी
देखाइस् दैत्य छाया ।।

बिजुली ऊर्जामा हैकम तेरो
विकास अलपत्र छ ।
व्यापारिक हस्तक्षेप अति छ तेरो
घाटा यत्रतत्र छ ।।

रोइरहेछन् सीमाका जनहरू
तेरो संगीनले घोची ।
क्रोधको लवज बोलिरहेछन्
शैतान आयो सोची ।।

सागरमाथा, बुद्ध, सीता हर्ने
नियत तेरो खोटो छ ।
कालापानी जग हाली बस्ने तेरो
बिस्तारवादी सोच छ ।।

ब्युँझिसके नेपाली जन अब
चल्दैन दादागिरी ।
भाँच्न नंग्रा तेरा तयार भई
उद्याउँदै छन् खुकुरी ।।

सहिन्न हैकम तेरो धेर अब
झिकिहाल् लोभी हात ।
भन्नेछौं दुनियाँलाईअब हामी
अत्याचारी हो भारत ।।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Bhaskar Regmi लेख्नुहुन्छ २३ कार्तिक, २०७६ १२:२६ pm

समय परिवेशको एकदमै उत्कृष्ट लेख

तपाईँको मत

कलाक्षेत्रको विकासका लागि राज्यले पहल लिनुपर्नेमा जोड

  • १८ जेठ, २०७७

काठमाडौैं । नेपाली कलाक्षेत्रको विकासका लागि राज्यले पहल लिनुपर्नेमा अग्रज कलाकार कृष्ण मानन्धरले जोड दिएका छन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज)

भर्चुअल साहित्य सन्ध्यामा राष्ट्रियताका सिर्जना

  • १८ जेठ, २०७७

काठमाडौं  । साहित्य सन्ध्याले भर्चुअल माध्यमबाट आफ्नो ४०५औँ मासिक शृङ्खला आयोजना गरी राष्ट्रियतासम्बन्धी रचना वाचन गराएको छ । कार्यक्रममा प्रा डा

'यो देश'

  • १७ जेठ, २०७७

बाख्रा सँग बाघ हिडछ, भ्यागुताले सर्प निल्छ सियो भित्र हाती छिर्छ, जे गरे नी यहाँ मिल्छ जस्तो सुकै काम हुन्छ धाक देखाइ नाँउको । यो देश' फलाम र टीनलाई