• आइतबार ३-२८-२०७७/Sunday 07-12-2020/ 06:44 pm

ओली सरकारका मन्त्रीहरू सामूहिक राजीनामा दिँदै, केही फेरिँदै केही दोहाेरिँदै

नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिने

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकारका रहेका सबै मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिने भएको छ । यसका लागि नेकपा सचिवालय बैठक सोमबार बिहान बालुवाटारमा बोलाइएको छ । नेकपा स्रोतका अनुसार बैठकले सबै मन्त्रीहरुहरुलाई राजीनामा दिन निर्देशन दिने र सरकार पुनर्गठन गर्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिने छ ।

यसअघि आइतबार यस बिषयमा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच छलफल समेत भएको थियो ।  छलफलका क्रममा ओलीले  मन्त्रीमण्डल हेरफेर गर्नका लागि प्रचण्डसँग सहयोग मागेका थिए । प्रचण्ड र ओलीबीच यस बिषयमा दुई बिकल्पमा छलफल भएको थियो ।

पहिलो बिकल्पमा  प्रचण्डले सवै मन्त्रीहरुलाई राजीनामा दिन लगाउने र त्यसपछि केही नयाँ मन्त्री ल्याउने र केही राम्रा काम गरेका मन्त्रीहरुलाई दोहराउनुपर्ने सुझाव दिएका थिए । त्यस्तै दोश्रो बिकल्पका रुपमा अपेक्षित काम नगरेका मन्त्रीहरुलाई मात्र राजीनामा दिन निर्देशन दिने प्रचण्डको सुझाव छ । दुवै बिकल्पमा सचिवालय बैठकमा छलफल हुने र बैठकले भोली अथवा समय तोकेर केहि दिनपछि राजीनामा दिन निर्देशन दिने सम्भावना रहेको स्रोतको भनाई छ ।

सरकारको काम अपेक्षित प्रभावकारी नभएकोमा पार्टीका दुवै अध्यक्ष एकमत छन्।  दुई अध्यक्षबीच मन्त्रीका लागि वैकल्पिक नामका विषयमा समेत छलफल भएको थियो। तर कुन कुन मन्त्रीका विषयमा छलफल भएको र नयाँ अनुहारका विषयलाई भने गोप्य राखिएको उच्च स्रोतले जनायो ।  यसअघि प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सदस्य र सल्लाहकार समितिलाई राजीनामा दिन निर्देशन दिएको थिए ।

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाढी पहिरोको जोखिममा रहेका नागरिकलाई सतर्कता अपनाउन सभामुखको अपिल

  • २८ असार, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मनसुस सक्रिय भएसँगै जोखिममा रहेका भूू–भागहरु, नदी किनार, कटान तथा डुबान दोहोरीने क्षेत्रमा बसोबास गरेका

उपत्यकामा ६ सहित थप ८२ जनामा कोरोना संक्रमण

  • २८ असार, २०७७

काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

पार्टी विभाजित हुन दिइने छैन : प्रचण्ड

  • २८ असार, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाटीए एकताका बेलामा त्यसको विरोधमा देशदेखि