• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जोर बिजोर प्रणाली: स्वास्थ्य मापदण्ड लागु छैन, सर्वसाधारण झन् सास्ती खेप्दै 

काठमाडौं ।  ‘ए रत्नपार्क।। रत्नपार्क।।।।।। जऔं–जाऔं गुरुजी ।’ सह चालक रमेश लामाले एकोहोरो आग्रह गरिरहन्छन् । बिहानदेखि बेलुकासम्म कराई रहने उनको आज काम, भोली आराम । चालक, सह–चालकका लागि आज काम भोली आरम । उनीहरुको दिनचार्य भौतिक रुपमा सहज छ । तर आयस्रोतको व्यवस्थापनमा भने अर्को सास्ती । यता सवारी धनी र यात्रुले बोहोर्नुपर्ने हैरानी अर्कै छ । 
सवारी धनीलाई समयमा किस्ता तिर्नु छ । यात्रुहरु जिविकोपार्जनका लागि यात्रा नगरी भाछैन ।

कोभिड–१९ महाव्याधीको सकससँगै सरकारले लकडाउनदेखि निषेधज्ञा हुँदै जोर–विजोर प्रणाली सुरु गर्यो । सार्वजनिक यातायात सञ्चालनमा आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सरकारले जारी गरेका कुनै पनि नियम यतिबेला कार्यन्वयन भएको देखिन्न । न भौतिक दुरी कायम छ, न मास्क राम्रोसँग लगाएको छ । कोचाकोच, सहचालकले अलि पर अलि पर भनिरहेको छ । झन् भिडभाड देखिन्छ सवारी साधनहरुमा ।

ती सहचालक रमेशको अनुभव गजब छ । उनले भने– ‘तपाईंहरुलाई पनि जानु हतार छ । हामीलाई पनि आजै कमाउनु छ । साहुलाई पनि खुशी पार्नु छ । कोचाकोच नहालेपछि कसरी हुन्छ रु’

‘गरिखान नदिने भयो सरकारले । आज ट्राफिक छल्ने गरी आएको रिक्वेस्टलाई मात्र एसेप्ट गर्छु’, एक पठाओ चालकले गुनासो पोख्दै भने– ‘एक दिन काम गर्यो, भोली फेरी के खाने भन्ने समस्या भयो । यस्तो अवस्थाले न सरकारले भनेको पुगेको छ, न हामी जस्ता गरिखानेका लागि सहज अवस्था छ ।’

एक भुक्तभोगीले भने– ‘रहर होइन । टिचिङ अस्पतालमा विरामी परेकाले भेटन जाँदा दिनभरी होल्डमा आफ्नो सवारी साधन राखेर फेरी सार्वजनिक यातायात चढ्नु पर्यो । जोर विजोरले कोरोना फैल्याउने होइन ।’
 

दैनिक रुपमा जोर बिजोर प्रणाली उल्लंघंन गर्ने एक हजार सवारी साधनलाई नियन्त्रणमा लिंदै आएको ट्राफिक प्रहरीले जनाएको छ । हजारमध्ये अत्याधिक मात्रामा दुई पाङग्रे ९मोटरसाईकल, स्कुटर० सवारी साधानको संख्या छ । जो कोही चालक आफ्नो सवारी साधन होल्डमा राख्नुपर्ने हुन्छ भनेर जोर बिजोर प्रणाली मिचेका छैनन् । अत्यावश्यक काम परेकै कारण चलाउन बाध्य हुन्छन ।

एक भुक्तभोगीले भने– ‘रहर होइन । टिचिङ अस्पतालमा विरामी परेकाले भेटन जाँदा दिनभरी होल्डमा आफ्नो सवारी साधन राखेर फेरी सार्वजनिक यातायात चढ्नु पर्यो । जोर विजोरले कोरोना फैल्याउने होइन ।’
नियन्त्रणमा लिएका सवारी साधानलाई होल्डमा राख्ने गरिएको छ । 

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवका अनुसार नियन्त्रणमा लिइएका सवारी साधानहरु बेलुका  ८ बजेसम्म होल्डमा राख्ने गरिएको छ । होल्डमा राखिए पनि जरिवाना नगरिने उनले बताए । ‘प्रशासन कार्यालयको अनुगमनमा भेटिएका जोर बिजोर प्रणाली उलंघन गर्ने सवारीलाई भने प्रशासन कार्यालयले १ सय रुपैया जरिवाना गर्ने गरेको छ’, प्रवक्ता यादवले समाचार दैनिकसँग भने– ‘जोर बिजोरको जाँच कडाईका साथ बिहान देखि बेलुकासम्म उपत्यकाका बिभिन्न स्थानमा गरिरहेका छौं ।’

जोर विजोर प्रणाली लागु नगर्दा कोभिड–१९ को महामारी झन् फैलिने जिकिर स्वास्थ्य मन्त्रालयको छ । स्वास्थ्य मन्त्रायलका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जोर बिजोर सरकारले लागु गरेपनि यसको पालना नागरिकले गर्नु पर्नेमा जोड दिए । नागरिक सजक नहुने हो भने उपत्यका कोरोना संक्रमण थप जटिल अवस्थामा पूग्ने भएकाले जोर विजोर एक विकल्पका रुपमा लिएको प्रवक्ता गौतमले बताए । 

यातायात व्यवस्था बिभागका महानिर्देशक गोगन बहादुर हमालले यातायात व्यावसायीहरुले जोर बिजोर प्राणाली हटाउन माग गरिरहेको बताए । ‘जोर बिजोर प्रणाली कार्यन्वयन र यसको प्रभाबकारीता सम्बन्धित निकायले गरेकै छ । सार्वजनिक सवारी साधानका व्यवसायीहरुले जोर बिजोर हटाउन माग गर्ने गरेका छन्’, हमालले भने– ‘यसबारे माथिको निकायसँग कुरा पुर्याएका छौं ।’ 

यता सरकार तत्काल जोर बिजोर प्रणाली हटाउने पक्षमा देखिन्न । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसी का प्रवक्तासमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले सीसीएमसीमा तत्काल जोर बिजोर हटाउने बिषयमा कुनै छलफल नभएको बताए । ‘उपत्यकामा संक्रमण रोक्न निश्चित क्षेत्र तोकेर कडाई गर्नुपर्छ । जोर बिजोरले मान्छेको भिड कम गरेको छ । भिड कम भएका कारण संक्रमणमा केही कमी आएको छ’, गुरागाईंले भने ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर