• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सार्वजनिक यातायात नचल्दा ५० लाख मजदुर मारमा, ५ अर्व लगानी अन्यौल

काठमाडौं । ललितपुरको गोदावरी बस्ने बर्ष ३९ की एक महिला एक मन्त्रालयमा कार्यालय सहयोगी छिन् । उनी १० बज्न केही मिनेट बाँकी हुँदै कार्यालय प्रवेश गरिसकेकी हुन्छिन् । तर त्यसका लागि उनी सात बजे नै खाना खाएर घरबाट हिड्न बाध्य छिन् । समयमा हाजिर नगरिए उनको आउने महिनाको तलब कट्टी हुन्छ । 

करिव दुई घन्टा हिडेर कार्यालय पुग्दा उनको ऊर्जा थकानमा परिणत भइसकेको हुन्छ । यी कार्यालय सहयोगी लकडाउन खुकुलो पछिकी एक उदाहरणका लागि मात्रै पात्र हुन ।

लामो लकडाउनको मोडालिटिलाई परिवर्तन गर्दै सरकारले कार्यालय खोल्ने निर्णय गरेपछि उनीजस्तै हजारौं दैनिक गरिखाने सर्वसाधारणहरु अहिले हिडेरै कार्यालय तथा अत्यावश्यक काममा गइरहेका छन् । सरकारले पछिल्लो निर्णयमा जोर, बिजोर नम्बरका आधारमा निजी गाडी तथा मोटसाइकल चलाउन खुल्ला गरेको छ ।

सामान्य अवस्थामा सार्वाजनिक यातायात चढेर घर व्यवहार चलाउनका लागि दैनिक काम गर्ने बहुसंख्यक वर्गका लागि यी कार्यालय सहयोगी जस्तै घन्टौं हिड्नको विवस छन् । सामान्य अवस्थमा मुलुकभर ४ लाख बढी सार्वजनिक यातायात यतिबेला कोभिड–१९ का कारण ग्यारेजमा थन्किएका छन् ।

‘लकडाउन कडा हुँदा पनि खुला हुँदा पनि हुनेखानेहरुको लागि मात्रै रहेछ’, नयाँ वानेश्वर चोकमा आइपुगेकी ती कार्यालय सहयोगी पसिना पुछ्दै भनिन्– ‘मोटर साइकल, गाडी हुनेखानेकै हुने हो । हामी जस्तो २०÷२५ भाडा समेत जोहो गरेर हिड्नु पर्ने गरिबका लागि जे गर्दा पनि दुखै छ । गाडी हुनेहरु हिजो पास लिएर हिडेकै थिए । अहिले झन् खुला भएपछि के को पीर हामी मजदुरहरु दैनिक ४ घन्टा हिड्नु पर्छ ।’

..........
मुलुकभर कति छ सवारी साधन ?

यातायात विभागको आर्थिक वर्ष २०७६÷७७ को अर्ध वार्षिक प्रतिवेदन अनुसार अहिलेसम्म मुलुकभर ३८ लाख निजी तथा सार्वजनिक सार्वजनिक सवारी साधन सडकमा दर्ता भई गुडेका छन् । पछिल्लो समय हेर्दा निजी सवारीसाधानको संख्या बढेको देखिन्छ । तर, पनि काठमाडौंमा भने सार्वजनिक सवारी साधन चढ्नेको संख्या बढि छ । बिभिन्न कारणले उपत्यका भित्रिएका अधिकांश सर्वसाधारणहरु सार्वजनिक सवारी प्रयोग गर्छन । सर्वसाधरणले सामान्य अवस्थामा समेत सहज रुपमा सार्वजनिक सवारी चढ्न नपाउने अवस्था थियो । कार्यालय समयमा बिभिन्न स्थानमा सार्वजनिक सवारी साधन चढ्नेको भीड देखिन्थ्यो ।

यतिबेला कार्यालय खुला, सामान्य जिविकोपार्जन गर्ने वर्गका लागि सार्वजनिक यातायातमा रोक लगाउँदा मानसिक, शारिरीक तनाबमा देखिन्छन् । समयमा कार्यालय नपुग्दा हाकिमको हप्की, कार्यालय नगए दुई छाक हातमुख जोड्न सास्तीको चपेटामा सर्वसाधारण परेका छन् । सर्वसाधरण यो मौसमीको धुपमा घन्टौं हिडेर शारिरीक र मानसिक रुपमा तनाव बेहोरी रहेका छन् ।

०७३/०७४ को ६ महिनामा सबै प्रकारका ७६ हजार ४ सय ४४ थान सवारी साधन आयात भएको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको ६ महिनामा ३८ हजार १ सय ८४ थान सवारी साधन भित्रिएको थियो ।

आर्थिक वर्षको अन्त्यमा यो संख्या करिव ७० लाख नाघ्ने अनुमान गरिएको छ । नेपाल भित्र्याइएका सवारी साधन मध्ये सबै बढि मोटर साइकल पर्छ । त्यपछि जीप र भ्यान रहेका छन् । बिबिध कारणले सार्वजनिक यातायातको माध्यम कष्टकर हुने देखिएपछि सार्वसाधारणहरु निजी सवारी खरिद गर्न बाध्य भएका छन् । जसलाई सम्पर्कका आधारमा यात्रु बोक्ने र माल–सामान ढुवानीका लागि प्रयोगमा लिने गरेका छन् । पछिल्लो पटक विवादित रहेको ‘टुटल, पठाओ’मा दर्ता भएर सेवा दिईरहेको अवस्थालाई निजी वा सार्वजनिक सेवा भनेर यकिन गरिएको छैन । मोटर साइकल निजी दुई पाङ्ग्रे सवारी साधनमा गनिन्छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६१ हजार ७ सय ६६ थान मिनी बस र मिनी ट्रक, १० हजार २ सय ६५ वटा माइक्रो यातायात विभागमा दर्ता भएका छन् । तर मोटरसाइकल सबैभन्दा बढी २९ लाख २२ हजार ७२ वटा दर्ता भएका छन् । त्यस्तै २ लाख ७१ भन्दा बढि कार दर्ता भएका छन् ।

........
सार्वजनिक यातायात कहिलेदेखि चल्छ ?

अहिले यातायात क्षेत्रमा करिब १० खर्वको लगानी छ । त्यसमध्ये ५० प्रतिशत सार्वजनिक यातायात व्यवसायीहरुको लगानी छ । पछिल्लो समय कोरोना भाइरसको महामारी दिनप्रतिदिन बढ्दै गएको छ । सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन हुने भन्ने बारे अन्यौल कायमै छ ।

सरकारी निर्णय र कोभिड–१९ ले सबै भन्दा बढि यातायात व्यसायी मारमा परेका छन् । कोरोना भाइरस संक्रमित दैनिक बढ्दै जाँदा व्यावसायीहरु थप चिन्तित छन् । यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले ४ लाख भन्दा बढी सार्वजनिक सवारी साधन अहिले ग्यारेजमा थन्किएको समाचार दैनिकलाई बताए । उनले भने– ‘गाडी थन्किदा हामी व्यवसायीहरुलाई त नोक्सान भएकै छ । सर्वसाधारणलाई झन् सास्ती भएको छ ।’

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिए पनि तत्काल सञ्चालन गर्न नसकिने उनको भनाई छ । संकटमा परेको यातायात क्षेत्रलाई आत्मनिर्भर बनाउन र रोजगारी गुमेका कामदारहरुलाई पुनः काममा फर्काउनको लागि सरकारले विशेष प्याकेज ल्याउनु पर्ने उनले बताए । यातायात क्षेत्रमा १० लाख व्यक्तिले रोजगारी पाएका र उनीहरु मार्फत् ४०÷४५ लाख मानिसले रोजगारी पाएको तथ्य महासचिव सिटौलाले उजागर गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर