२५ तस्बिरमा हेर्नुस सुदूरपश्चिममा देखाइएको छलिया नृत्य
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको मौलिक लोकप्रिय नृत्य छलिया नृत्य कञ्चनपुरको भीमदत्तनगरमा देखाइएको छ । यो नृत्य नेपालको सुदूर पश्चिममा विवाह, ब्रतबन्ध, जात्रा तथा पर्व विशेषमा नाचिने नृत्य हो ।
यो नृत्य लडाकू वीरहरूको विरतालाई प्रदर्शन गर्दै प्रस्तुत गरिन्छ । यस नृत्यमा नर्तकीहरूले आफुमा भएको ढाल र तरवार चलाउने सिप तथा दक्षताको प्रदर्शन गर्ने गर्दछन् ।
समाचार दैनिकका लागि सुदूरपश्चिम प्रदेशका संवाददाता पदम राज भट्टको क्यामेरामा कैद भएका केही तस्बिरहरु :
सबै तस्बिरहरू ः पदम राज भट्ट
प्रतिकृया दिनुहोस