साहित्यकार तथा पत्रकार विनय कसजूको निधन
काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ। निमोनियाका कारण दुई साताअघि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो।
कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन्। सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि कसजूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी पत्रकारिता र साहित्य दुवै विधामा परिचित थिए ।
साहित्यतर्फ उनले बालसाहित्य र छोटा कथामा कलम चलाउने गरेका थिए । उनका करिब चार दर्जन कृति प्रकाशित छन् ।
पाल्पाको तानेनमा जन्मिएका उनले सन् १९९६ देखि १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गरेका थिए। राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गरेका थिए।
प्रतिकृया दिनुहोस