• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजको पत्रपत्रिकाः २० हजार रोपनी सरकारी जग्गामा अनधिकृत रजाइँ

आजको पत्रपत्रिकामा १३ औं दक्षिण एशियाली खेलकुद आजबाट शुरु हुने समाचार सबैजसो पत्रिकाले समेटेका छन् । त्न्यस्तै उपनिर्वाचनमा ६५.४३ प्रतिशत मतदान भएको समाचार छ । कान्तिपुर दैनिकमा दक्षिण एशियाली खेलकुद आफ्नो जन्मभूमि फर्किएको छ । छोटकरीमा साफ हुदै सागको नाममा परिचित यस क्षेत्रीय खेलकुद प्रतिस्पर्धा नेपालले तस्रो पल्ट आयोजना गरेको हो । दक्षिण एसियाली ओलम्पिक मानिने यो प्रतियोगिता १३ औं संस्करण हो । इभेन्टका हिसावमा यो अहिलेसम्मकै ठूलो. हो । आयोजक नेपाल यसलाई अहिलेसम्मकै भव्य बनाउन लागिपरेको छ । भलिबलको स्पर्धा चार दिनअघि नै सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार उद्घाटन गरेपछि सागको औपचारिक सुरुवात हुनेछ ।

त्यस्तै कान्तिपुर दैनिकमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२१ पदका लागि शनिबार भएको उपनिर्वाचनमा ६५.४३ प्रतिशत मतदान भएको समाचार छ । समाचार अनुसार २०७४ को निर्वाचनमा स्थानीय तहमा ७४.५४ तथा प्रतिनिधिसभा र प्रदेशसभामा ६८.६७ प्रतिशत मतदान भएको थियो । 
नागरिक दैनिकले २० हजार रोपनी सरकारी जग्गामा अनधिकृत रजाइँ भएको विषयलाई प्राथमिकताका साथ समाचार लेखेको छ । सररकाले भोगाधिकारका लागि दिएको २० हजार रोपनीभन्दा बढी जग्गा पहुँचवालाको कब्जामा पुगेको छ । विभिन्न निकाय, संघसंस्थाले भोगाधिकार लिएको सरकारी जग्गालाई कार्यनीतिअनुसार लिजमा परिणत गरेका छैनन् । सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ विपरीत २० हजार रोपनीभन्दा बढी जग्गा सत्ता र शक्तिको पहुँचमा रहेका व्यक्ति, संस्था र निकायको कब्जामा रहेको फेला परेको हो ।

त्यस्तै नागरिक दैनिकमै प्रधानमन्त्रीलाई मिर्गौला फेर्न विदेश लाने तयारी रहेको समाचार छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गौला काम गर्न छाडेपछि अर्को मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यारोपणका लागि नजिकका आफन्तहरुको मिर्गौला  परीक्षण भइरहेको छ ।

गाेरखापत्र दैनिकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका समाचार छ । यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । टोलीमा ६० जना जाने तयारी भइरहेको छ तर को–को जाने त्यसको टुङ्गो नलागेको बताए । उनले भने, “टोलीमा पार्टी केन्द्रीय कमिटीभन्दा बाहिरका पनि नेता हुन सक्छन् । ”
पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै केन्द्रीय कमिटी सदस्यलाई चीन घुमाइसक्ने योजना रहेको जानकारी दिए । उनले भने, “चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै नेतालाई चीन भ्रमण भनेको छ, सोही योजनाअनुसार पहिलो टोली प्रचण्डको नेतृत्वमा जान लागेको हो । ’’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर