• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 02:43 pm

'सिद्धबाबा'लाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

विराटनगर ।  बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत सुनसरीले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो। सिद्धबाबा भनिने गिरीलाई सोमबार बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो।

विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ बाट आइतवार आइसियूमा सारिएको अवस्थामा बाबालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। गिरीविरुद्ध बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘किर्ते’ आरोपीलाई पटक–पटक ठेक्का ! ९१ लाख बढी कबुल गरेकालाई मिलेमत्तोमा टेण्डर 

  • २६ असार, २०७७

धनगढी । कोभिड–१९ को महामारीमा विश्व नै आक्रान्त बनिरहेको बेलामा नेपालमा भने स्वास्थ्य सामाग्री खरिदमै भएको भ्रष्टाचारका श्रृङ्खलाहरु एकपछि

एकताको जस र फल खाएर एकताकै विरोध गर्न मिल्दैन : नेकपा नेता राजेन्द्र राई 

  • २६ असार, २०७७

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य एवम् अनेरास्ववियूका पुर्व अध्यक्ष राजेन्द्रकुमार राईले सुदृढ एकताको लागि  एकअर्काको गाली र अपमान बन्द गर्न

सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर नाध्यो, ३० वटा ढोका खोलिए

  • २६ असार, २०७७

सुनसरी । लगातारको बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर नाघेको छ । खतराको स्तर नाघेपछि कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ