• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 04:32 am

खेम भण्डारीले हुलाकमार्फत पठाए न्यायाधीश विरुद्धको उजुरी [पत्रसहित]

कञ्चनपुर । पत्रकार खेम भण्डारीले न्याय परिषदमा उजुरी दिएका छन् । कञ्चनपुरका तत्कालिन जिल्ला न्यायाधीश राजेन्द्रप्रसाद आचार्य विरुद्ध उनले उजुरी दिएका हुन् । महेन्द्रनगरमा आज एक पत्रकार सम्मेलन गर्दै उनले हुलाक मार्फत तत्कालिन न्यायाधीश आचार्य विरुद्ध उजुरी पठाएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा भण्डारीले भण्डारीले निर्मला हत्या प्रकरणमा अदालतको अपहेलना गरेको भन्दै आफू विरुद्ध परेको मुद्दामा बदनियतपूर्ण तरिकाले तुच्छ सजाय तोक्ने  न्यायधिश आर्चायलाई कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको बताए । उनले आचार्यले जिल्ला बार एसोसिएसनले हालेको अपहेलना मुद्दामा न्यायालयकै साख, सम्मान र विश्वसनीयतामा आँच पुग्ने गरी न्याय निरुपण गरेकाले कारवाहीको माग सहित उजुरी पठाईएको जनाए ।

भण्डारीले बदनियतपूर्ण तरिकाले मौलिक हकको हनन् गरेको, दण्डसंहितामै व्यवस्था नभएको तुच्छ सजाय तोकेको,पुनरावेदन अधिकारबाट वञ्चित गराई कैद र जरिवाना तिर्न बाध्य पारेको आरोप लगाएका छन् । 

जिल्ला अदालत कञ्चनपुरका तत्कालीन न्यायधिश आर्चायकै इजलाशले भण्डारी विरुद्ध परेको अदालतको अपहेलना मुद्दामा एक घण्टा कैद र एक रुपैँया जरिवाना तोकिएको थियो ।

भण्डारीले भुक्तान गर्दै जरिवाना समेत तिरिसकेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्ने जिम्मा ऊर्जा मन्त्रालयलाई

  • २२ श्रावण, २०७७

काठमाडौं । सरकारले लामो समयदेखि विवादित बन्दै आएको डेडिकेटेड तथा ट्रङ्क लाइनको विद्युत् महसुससम्बन्धी विवाद समाधानका लागि गठिन अध्ययन समितिको

३३४ अस्थायी दरबन्दी स्वीकृत, लगानी बोर्डको कार्यकारी अधिकृतमा भट्ट

  • २२ श्रावण, २०७७

काठमाडौं । सरकारले करार दरबन्दी नथप्ने सरकारको यसअघिको निर्णयविरुद्ध अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । गत १९ साउनमा बसेको

रुग्न उद्योगलाई पुनरुत्थानका लागि सरकारद्वारा समिति गठन, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

  • २२ श्रावण, २०७७

काठमाडौं । सरकारले कोरोनाका कारण रुग्न उद्योगलाई पुनरुत्थानका लागि समिति गठन गरेको छ । मन्त्रिपरिषदेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा