• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 04:54 pm

खेम भण्डारीले हुलाकमार्फत पठाए न्यायाधीश विरुद्धको उजुरी [पत्रसहित]

कञ्चनपुर । पत्रकार खेम भण्डारीले न्याय परिषदमा उजुरी दिएका छन् । कञ्चनपुरका तत्कालिन जिल्ला न्यायाधीश राजेन्द्रप्रसाद आचार्य विरुद्ध उनले उजुरी दिएका हुन् । महेन्द्रनगरमा आज एक पत्रकार सम्मेलन गर्दै उनले हुलाक मार्फत तत्कालिन न्यायाधीश आचार्य विरुद्ध उजुरी पठाएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा भण्डारीले भण्डारीले निर्मला हत्या प्रकरणमा अदालतको अपहेलना गरेको भन्दै आफू विरुद्ध परेको मुद्दामा बदनियतपूर्ण तरिकाले तुच्छ सजाय तोक्ने  न्यायधिश आर्चायलाई कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको बताए । उनले आचार्यले जिल्ला बार एसोसिएसनले हालेको अपहेलना मुद्दामा न्यायालयकै साख, सम्मान र विश्वसनीयतामा आँच पुग्ने गरी न्याय निरुपण गरेकाले कारवाहीको माग सहित उजुरी पठाईएको जनाए ।

भण्डारीले बदनियतपूर्ण तरिकाले मौलिक हकको हनन् गरेको, दण्डसंहितामै व्यवस्था नभएको तुच्छ सजाय तोकेको,पुनरावेदन अधिकारबाट वञ्चित गराई कैद र जरिवाना तिर्न बाध्य पारेको आरोप लगाएका छन् । 

जिल्ला अदालत कञ्चनपुरका तत्कालीन न्यायधिश आर्चायकै इजलाशले भण्डारी विरुद्ध परेको अदालतको अपहेलना मुद्दामा एक घण्टा कैद र एक रुपैँया जरिवाना तोकिएको थियो ।

भण्डारीले भुक्तान गर्दै जरिवाना समेत तिरिसकेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिहीबार थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु, ४५७ डिष्चार्ज

  • ८ असोज, २०७७

काठमाडौं । नेपालमा बिहीबार थप  १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या  ६९३०१ पुगेको छ । त्यस्तै

मन्त्रिपरिषद पुनर्गठनबारे ओली - प्रचण्ड छलफलमा के भयो ?

  • ८ असोज, २०७७

काठमाडौं । मन्त्रिपरिषद पुनर्ठनबारे नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार छलफल भएको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि,२०७१ खारेज गर्न संसदीय उपसमितिको सिफारिस

  • ८ असोज, २०७७

काठमाडौं । सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज