• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

स्वरसम्राट नारायण गोपालको आज २९ औँ स्मृति दिवस

काठमाडौं ।  नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायण गोपालको आज २९ औँ स्मृति दिवस मनाइदैँ छ । आज २९ औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले उनको सम्झनामा विभिन्न कार्यक्रम गरिदैछ ।

संगीत आकाशका धरोहर नारायण गोपालको २९ वर्ष अघि निधन भएको थियो । नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जनजनको मनमा अहिले पनि जीवन्त छन् ।

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको १९९६ असोज १८ गते काठमाण्डौमा जन्म भएको थियो । उनको २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो ।

‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन छ’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’ गीतहरु नारायण गोपालले गाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर