ग्लोबल आईएमई बैंकका शाखा प्रमुखको कार दुर्घटनामा मृत्यु

बुटवल । कार दुर्घटनामा परी ग्लोबल आईएमई बैंकका शाखा प्रमुखको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को बोडगाउँमा  बा ८ च ६३९० नम्बरको कार दुर्घटनामा परेको हो । सोमबार बिहान भएको कार दुर्घटना 
कपिलवस्तु नगरपालिका ९ हरनामपुरका अन्दाजी २९ वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाण्डे ग्लोबल आईएमई बैंक बनगाइका शाखा प्रमुख रहेको खुलेको छ । 
तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । 

दुर्घटनामा अन्य ५ जना घाइते भएको र उनीहरुको स्थानीय सामुदाियक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर