• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

१३ औं साग : बक्सिङमा नेपालको ऐतिहासिक जित, मिनुले दिलाईन स्वर्ण

काठमाडौं । १ ३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

आजको खेल जितेसँगै उनी सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।

सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा भारतीय खेलाडीलाई अंकको आधारमा पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन्।

साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर