कर्णालीको विकास र समृद्धिका अन्तराष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपाल स्थित अन्तराष्ट्रिय विकास साझेदारहरुको वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले तिव्र विकास, गरिविको अन्त्य र सुशासनको प्रत्याभुति सवै नागरिकको चाहना भएको र यसलाई पुरा गर्न अन्तराष्ट्रिय समुदायसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।

मुख्यमन्त्री शाहीले कर्णालीको गरिविको अन्त्य, उत्पादनको वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पुर्वाधार विकासका क्षेत्रमा एकिकृत रुपमा लगानी गर्न अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आग्रह गरे ।

प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा विकास साझेदार संस्थाहरुले लगानी गर्नुपर्ने वताउदै मुख्यमन्त्री शाहीले अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुसंग सहकार्य गर्न तयार रहेको धारणा राखे । 

संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा आफुहरु रहेको भन्दै मुख्यमन्त्री शाहीले कानुन निर्माण, प्रशासनिक संरचनाको स्थापना लगायतका व्यवस्थापकीय काम नटुंगेका कारण जनअपेक्षा वमोजिम काम हुन नसकेको बताए ।

संवैधानिक व्यवस्था वमोजिम कानुनी रुपमा ३ वटै सरकारको कार्यक्षेत्र निर्धारण, प्राकृतिक श्रोत साधनको वाँडफाँड, प्रशासनिक संरचनाको स्थापना जस्ता आधारभुत कामहरु अहिलेसम्म पनि पुरा हुन नसक्नु दुखद भएको वताउदै मुख्यमन्त्री शाहीले त्यसका वावजुद पनि कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकार उत्साहजनक रुपमा अगाडि वढेको बताए ।

मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको सोच सहित प्रदेश योजना आयोगवाट कर्णाली प्रदेशको प्रोफाईल निर्माण, पञ्चवर्षिय आवधिक योजनाको मस्यौदा तयारी, आयोजना वैंकको तयारी जस्ता काम सम्पन्न भएको वताउनुभयो ।

वैठकमा वेलायती अन्तराष्ट्रिय सहयोग नियोग डिएफआईडीकी नेपाल प्रमुख ीष्कब ज्बलयलले अन्तराष्ट्रिय साझेदार संस्थाहरुले एकिकृत रुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग ९एीन्क्ए०कार्यक्रम संचालनका लागि संघीय सरकारसंग सम्झौता गरिसकेको जानकारी दिए । 

ठुला परियोजना सञ्चालनका लागि संघीय सरकारसंग सहकार्य भईरहेको वताउदै विश्व वैंकका कन्ट्री म्यानेजर ँबचष्क ज्बमबमले मझौला तथा साना योजना, स्थानीय उत्पादनको व्राण्डीङ्ग, तथा ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसंग सहकार्य गर्न विश्व वैंक ईच्छुक रहेको बताए ।

वैठकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरु डिएफआईडी, विश्व वैंक, यूसएड, यूएनडिपी, युरोपेली युनियन र नर्वेजियन दुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर