रुपन्देही र बाकेमा पर्यटन कार्यालय स्थापना गर्ने प्रदेश पाँचको निर्णय, विज्ञापन कर उठाउने जिम्मा स्थानिय तहलाई

बुटवल । प्रदेश पाँच सरकारले केही अस्पतालमा पदाधिकारी नियुक्त गरेको छ । शुक्रवारको मन्त्रीपरिषद बैठकले प्रदेशको वर्दिया स्थीत वर्दिया अस्पतालको अध्यक्षमा गुलरिया ६ का अंगद श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै अस्पतालको महिला सदस्यमा मोहनकुमारी फुयाल(मिथिला) नियुक्त गरेको छ । 

पाल्पा अस्पताल तानसेनको अध्यक्षमा तानसेन १४ का नेत्रप्रसाद पाण्डे र महिला सदस्यमा सुशिलादेवी श्रेष्ठलाई नियुक्त गरेको छ ।  रामपुर अस्पताल पाल्पाको अध्यक्षमा रामपुर ३ का वासुदेव शर्मा भट्टराई र महिला सदस्यमा इश्वरीदेवी खनाललाई नियुक्त गरेको छ । पृथ्विचन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा  सरिता पौडेललाई नियुक्त गरेको छ । 
मन्त्री लिला गिरीका अनुसार बैठकले विज्ञापन कर सम्वन्धी निर्णय गरेको छ । यस सम्वन्धी कर स्थानिय तहले उठाउने र करको ६० प्रतिशत स्थानिय तहले राख्ने र ४० प्रतिशत प्रदेशलाई पठाउनुपर्ने प्रावधान राखिएको छ । त्यस्तै बैठकले रुपन्देही र बाकेमा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर