• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आज पनि सर्यो नेकपा सचिवालय बैठक 

काठमाडौं । शनिबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः सरेको छ । शुक्रबार बस्ने भनिएको बैठक शनिबार पनि स्थगित भएको हो । 

उननिर्वाचनको समीक्षा, आगामी स्थायी कमिटी बैठक लगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको थियो । साथै, बाँकी रहेको पार्टी एकताको काम लगायत बैठकका एजेण्डा रहेका थिए । 

मंसिर १४ गते उपनिर्वाचन भएका ठाउँबाट समीक्षात्मक प्रतिवेदन बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो । सबैको प्रतिवेदन समयमै नआएको भन्दै मंसिर २३ गते बसेको सचिवालयको बैठकले पुनः निर्देशन दिएको थियो । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा र आगामी कार्ययोजना तयार गर्न व्यस्त रहेको छन् ।

नेकपाको सचिवालय बैठक सर्यो

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर