• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

काठमाडौं जिल्ला अदालतमा महराको बकपत्र सुरु

काठमाडौं । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको पूर्वसभामुख कृष्णबहादुर महराको बकपत्र सुरु भएको छ । बकपत्रका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । 

न्यायाधीश अम्विरराज पौडेलको इजलाशमा पुर्व सभामुख महराको बकपत्र शुरु गरिएको हो । जिल्ला अदालत काठमाडौंले  संघीय संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशले उनी  डिल्लीबजार कारागार  बसिरहेका छन् ।


जिल्ला अदालत काठमाडौंले जवरजस्ती करणी उद्योगमा  उनलाई मंसिर ६ गते  पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले थुनामा पठाएको थियो । उनी उच्च अदालतका लागि न्यायाधीश भएर गएपछि पौडेलको इजलाशले वकपत्र शुरु गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर