युवतीको तस्विर पठाएर इजरायली सेनाको फोन ह्याक
एजेन्सी । इजरायली सेनाका अनुसार आप्नो दर्जनौँ सैनिकको स्मार्टफोनलाई युवतीहरुको तस्विर पठाएर ह्याक गरिएको छ ।
इजरायली सेनाको एक प्रवक्ताका अनुसार सैनिकहरुलाई वयस्क महिलाहरुको तस्व्रि पठाई उनीहरुलाई एप्लिकेशन डाउनलोड गर्न बताइयो ।
उक्त एप ह्याकरको भएको सैनिकलाई थाहा नभएको र ह्याकिङ हमास संगठनसँग जोडिएका सदस्यले गरेको बताइएको छ । सीमामा नियन्त्रण गर्ने चरमपन्थी समूह हमास र इजरायलबीच पुरानो शत्रुता छ ।
इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसले इरजारयली सैनिकहरुको फोन ह्याक गरेरेको यो तेश्रो पटक बताएका छन् । पछिल्लो ह्याकिङलाई अहिलेसम्मकै जटिल प्रयास गरेको उनले बताएका छन् ।
इजरायली सेनालाई यसअघि नै आफ्ना सैनिकलाई सावधानीका साथ स्मार्टफोन चलाउन चेतावनी दिइसकेको छ । इजरायल र हमासबीच दशकौँदेखि संघर्ष जारी छ र यी दुवै एक–अर्काको जासुसी गर्नमा लागेका छन् ।
प्रतिकृया दिनुहोस