• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

कोरोना भाइरसबाट इरानमा दुई जनाको मृत्यु 

एजेन्सी । इरानमा कोरोना भाइरस संक्रमित दुई वृद्धको बुधबार मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । यसलाई मध्यपूर्वमा कारोना भाइरसबाट पहिलो मृत्यु बताइएको छ । 

‘दक्षिण तेहरानस्थित क्वोम सहरमा कोरोना भाइरसका कारण दुई वृद्ध मानिसको मृत्यु भएको छ,’ इरानको स्वास्थ्य मन्त्रालयका सल्लाहकार अलिरेजा भहाबजादेहले अलजजिरासँग भने । 

यसैगरै कोरोना भाइरस संक्रमित अन्य दुई विरामीको अवस्था गम्भिर रहेको अलिरेजाले बताएका छन् । केहीसमय अघि इरानमा दुई व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ताले बताएका छन् । 

कोरोना भाइरस संक्रमितको उपचारका लागि क्वोम सहरमा आपतकालीन एकाई समिति गठन गरिएको इरानका उपस्वास्थ्यमन्त्री कासिम जान बाबेईले बताएका छन् ।

‘हात नमिलाउन र चुम्बन नगर्न हामीले मानिसलाई सुझाव दिएका छौँ । आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन र भिडभाड हुने सार्वजनिक स्थानमा नजान पनि भनेका छौँ,’ बाबेईले भने । 

अन्य सहरमा कोरोना भाइरसको कुनै रिपोर्ट नभेटिएको पनि उनले बताएका छन् । तर भाइरस अन्य सहरमा पनि चाँडैँ फैलनसक्ने चेतावनी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर