• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

नेकपा कार्यदलले तयार गर्यो एमसीसी प्रतिवेदन,पास हाेला कि फेल ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटिले गठन गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अध्ययन कार्यदलले प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदन लगभग तयार भएको र शुक्रबार विहान अन्तिम बैठक बसेर बुझाउने तायरीमा रहेको कार्यदलका सदस्य भिम रावलले समाचार दैनिकलाई जानकारी दिए । ‘प्रतिवेदन तयार भयो, शुक्रबार विहान अन्तिम पटक बैठक बसेर अन्तिम दिने तयारीमा छौं, सदस्य रावलले भने, ‘पार्टीमा बुझाउनका लागि अध्यक्षहरुको समय लिने काम संयोजकज्यूले गरिरहनु भएको छ । समय पाएपछि बुझाउने छौं ।’

एमसिसीका विषयमा सत्तारूढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

कार्यदलमा स्थायी समिति सदस्य रावलसँगै परराष्ट्र मन्त्री तथा स्थायी समिति सदस्य प्रदीप ज्ञवाली र बरिष्ठ नेता झलनाथ खनाल छन्।  

नेकपा भित्र एमसीसीको विषयमा तीन धार देखिएको छ । प्रधानमन्त्रीसहित एउटा पक्ष एमसीसी पारित गराउनु पर्ने पक्षमा छ । अर्को पक्ष देशको हितमा हुनेगरि पारित गर्नुपर्ने पक्षमा छ भने तेश्रो पक्ष, राष्ट्रघाती हुने भन्दै पारित गर्न नहुने पक्षमा उभिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर