• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संविधान संशोधन गर्न नेकपाले बनायो तीन सदस्यीय कार्यदल

काठमाडौं । संविधान संशोधनबारे गृहकार्य बढाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजगत्वमा कार्यदल गठन भएको हो । 

उक्त कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा रहेका छन् । यो कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ ।

यसअघि पनि राष्ट्रियसभाबाट वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नेकपाले गृहकार्य गरेको थियो । तर, गौतमले राष्ट्रियसभाम सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन हुनुपर्ने शर्त राख्दै आएका छन् । 

गठित कार्यदलले संशोधनको बारेमा छलफल गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर