• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाइलटले जानी जानी झारेका थिए मलेसियन विमान !

एजेन्सी । मलेसियाको एमएच ३७० विमान पाइलटले आत्महत्या गर्नका लागि झारेका थिए । सन् २०१४ मा हिन्द महासागरको माथि गायब भएको विमानको विषयलाई लिएर अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबोटले यस्तो दाबी गरेका हुन् ।

एबोटले भनेका छन्, ‘फ्लाइटका पाइलट डिप्रेशनमा थिए । उनले आफू साथै उडानमा रहेका सबै २३९ जनाको ज्यान लिएका थिए ।’

मलेसियाका शीर्ष अधिकारीबाट उनलाई यो गोप्य जानकारी प्राप्त भएको हो । यद्यपि उनले यो विषयलाई लिएर कुनै प्रमाण पेश गरेका छैनन् । सुत्रका अनुसार दुर्घटनाको जाँचको समयमा सुरक्षा विज्ञलाई यो विषयमा जानकारी प्राप्त भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर