प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राष्ट्रद्रोहको मुद्दा लगाउनुपर्छ : कानून मन्त्रि यादव

जनकपुरधाम । केपी शर्मा ओलीमाथि राष्ट्रद्रोहको मुद्दा लगाउनु पर्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताएका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री रहेपनि राष्ट्रियताको नाउमा महेन्द्रवाद रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा नेपालको नक्सा बनाइएको केकप्रति असंतुष्टि व्यक्त गर्दै उनले भने, ‘केकलाई खण्ड खण्ड गरेर खान्छन्, राष्ट्रको अखण्डता, सर्वभौमसत्ताको अन्त्य प्रधानमन्त्री ओलीनै गर्न लागेका छन् ।

उनि माथि देशद्रोहको मुद्दा लगाउनु प¥यो ।’ जुन व्यक्ति राष्ट्रलाई टुक्रा टुक्रा गर्ने प्रयास गरेका छन् त्यस्ता व्यक्तिलाई एक मिनट पनि प्रधानमन्त्री बनेर रहने नैतिकता नरहेकोले नैतिकताको आधारमा राजिनामा दिन माग गरे ।  

सोमबार धनुषाको कचुरीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, “देशकै प्रमुख कार्यकारी पदमा आसिन व्यक्तिले समान्य नैतिक आचरण पालना नगर्दा सिंगो मुलुकको बेइज्जत भइरहेको छ ।”
अहिले प्रधानमन्त्री ओलीको क्याबिनेटमा रहेका मन्त्रीहरु भ्रष्ट रहेको भन्दै भ्रष्टाचारमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रीको कर्तुतको बारेमा जानकारी रहेपनि कुनै कारवाही नगरेको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समझौता हुन्छ, केपी शर्मालाई एक महिना पहिलेनै यसको जानकारी हुन्छ तर कारवाही गर्दैनन् र अडियो सार्वजनिक भएपछि मन्त्रिपदबाट हटाईन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर