मलेसियाको प्रधानमन्त्रीमा अन्वर प्रस्तावित
काठमाडौं । मलेसियाका नेता अन्वर इब्राहिमलाई पाकतन हरपन गठबन्धनले प्रधानमन्त्रीको उम्मेद्वारका लागि प्रस्तावित गरेको छ ।
अन्वरको पार्टी पिपुल्स जस्टिसका सदस्यले पनि मलेसियाको भावी प्रधानमन्त्रीका रूपमा अन्वरको नाम अगाडि सारेको छ । सोमबार प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएपछि भावी प्रधानमन्त्रीमा अन्वरको नाम प्रस्तावित भएको हो ।
बुधबार अन्वरलाई गठबन्धनले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित गर्नुअघि महाथिरले राष्ट्रिय सम्बोधनमा आफ्नो कारण ‘राजनीतिक अशान्ति’ भएको भन्दै माफी मागेका छन् ।
महाथिरले पार्टीलाई भन्दा देशलाई प्राथमिकता दिने सरकार बनाउन आफू तयार रहेको पनि बताएका छन् ।
प्रतिकृया दिनुहोस