• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

आर्सनललाई स्तब्ध पार्दै ओलम्पिकास प्रि–क्वाटरफाइनलमा

एजेन्सी । आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ बाटै बाहिरिएका छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनल ओलम्पिकाससँग २–१ ले पराजित भएसँगै युरोपा लिगबाट बाहिरिएको हो ।

पहिलो लेगमा १–० को जित निकालेको आर्सनल समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा पछि पर्दै अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । आर्सनललाई स्तब्ध पार्दै ओलम्पिकासले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

अवे मैदानमा भएको बिहीबार रातिको खेलमा ५३ औँ मिनेटमा ओलम्पिकासका लागि पेप सिसेले गोल गर्दै अग्रता दिलाए । पहिलो लेगमा आर्सनलले १–० को जित निकालेका र अवे गोलका आधारमा पनि बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

११३ औँ मिनेटमा कप्तान पिएर एमरिकले आर्सनलका लागि गोल गरे र दोस्रो लेगमा बराबरी तथा समग्रमा जितका सम्भावना दिलाए । तर ११९ औँ मिनेटमा एल–अरबीले गोल गर्दै ओलम्पिकासलाई समग्रमा बराबरी गरी अवे गोलका आधारमा अघिल्लो चरणको यात्रा तय गर्ने अवस्थामा ल्याएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर