ऋषि गौतमको १० औं स्मृति सभा सम्पन्न

सुर्खेत । सुर्खेतका बामपन्थी आन्दोलनका नेता स्वर्गीय ऋषि गौतम(राहुल)को स्मृति दिवश मनाईएको छ । सहिद ‘राहुल  स्मृति प्रतिष्ठानले ’ ऋषि गौतमको १० औं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि स्मृति दिवश मनाएको हो ।

स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं नेकपा कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कँडेलले ऋषि गौतम एक सादगी, त्यागी, मितव्ययी, सरल, उच्च राजनैतिक क्षमता भएको दुरदर्शी नेता भएको स्मरण गरे ।

उनले भने, ’सहीदको सपना साकार पार्ने काम अब बाँचेकाहरुले पुरा गर्नुपर्छ, सहीदको सपना पुरा गर्ने ठाउँमा अहिले नेकपा छ, नेकपाले अब राष्ट्र र जनताका लागी केही गरेर देखाउनुपर्छ । बाँचेकाहरुले सहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लागे मात्रै सहीदको सपना पुरा हुनेछ ।’

श्रद्धाञ्जली सभामा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ऋषि गौतम राजनैतिक आन्दोलनको मोर्चामा एक सक्रिय अभियन्ता भएको स्मरण गरे ।  सहिद ऋषिगौतम तत्कालिन नेकपा माओवादीको सुर्खेत जिल्ला इन्चार्ज थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर