काँग्रेसको विरोधपछि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक अवरुद्ध भएको हो । सबै दलको प्रतिनिधित्व हुने गरी संसद् सचिवालय हेर्ने समिति बनाउनुपर्ने र मुख्यमन्त्रीले सबैलाई समानरुपमा हेर्ने तथा योजना समेट्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको भन्दै प्रतिपक्षी दलले सदन अवरुद्ध गरेको हो ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभामा बोल्दै प्याकेजमा राखिएका कार्यक्रमको बजेट वितरण गर्दा प्रतिपक्षीबाट प्रतिनिधि राखेर वितरण गरिने प्रतिबद्धता सरकारले पूरा नगरेको बताए। प्रदेशसभा सञ्चालन गर्ने नियम र नियमावली आइसकेपछि विगतका दिनमा सबैभन्दा ठूलो चुनौतीका रुपमा प्रदेशसभा सञ्चालन गर्ने नियम र नियमावलीको अभाव रहेको बताउँदै उनले त्यसका लागि एउटा विधेयक टेबुल भएको र विधायन समितिबाट बहुमतका आधारमा पास भएको बताए ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्नो स्थानबाट उठेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर