पाल्पा अस्पताललाई ९ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

पाल्पा ।  लायन्स क्लव अफ श्रीनगर तानसेनले पाल्पा अस्पताललाई ९ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ।  अस्पतालको सेवा विस्तारका लागि वार्मर, फोटो थेरापी, बेबी रिससिटेसन, अप्टीमा सोलुसन नामक स्वास्थ्य सामग्री सहयोग गरेको क्लवका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । २८ दिनभन्दा मूनिका बच्चाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री नहुदाँ बच्चामा कुनै समस्या देखिए थप उपचारको लागि महँगो तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेकोमा स्वास्थ्य सामग्री प्राप्त भएसंगै बच्चाको उपचारका सहज हुने पाल्पा अस्पतालले जनाएको छ । 

वार्मरबाट नवजात शिशुलाई तापक्रम तथा फोटो थेरापीले जण्डिसको उपचार, बेबी रिससिटेसनले स्वासप्रस्वासमा समस्या भएका बच्चालाई कृतिम स्वास दिने काम गर्छ भने अप्टीमा सोलुसन हात धुन प्रयोग हुनेछ ।  १९७० सालमा स्थापना भएको पाल्पा अस्पताल आधृनिक प्रविधिका सामग्री नहुँदा उपचारमा कठिनाई भइरहेको बेला स्वास्थ्य सामाग्री प्राप्त भएसंगै उपचारमा सहयोग मिल्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । 

उनले आफू अस्पतालमा अध्यक्ष भएर आएसंगै नयाँ अस्पताल सुधारका लागि पहल गरेको समेत बताए ।  पाल्पा अस्पतलमा दैनिक तीन सय बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर