प्रदेश दुई : कांग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुरा पनि अस्वीकृत

काठमाडौं । प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराईएको चार वटा प्रस्तावहरुमध्ये नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा समेत अस्वीकृत भएको छ । 

नेपाली काँग्रेसको तर्फ बाट प्रदेशसभा सदस्य नरेश प्रसाद यादवले प्रदेशको नामाकरणका लागि मिथिला भोजपुरा प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए । कांग्रेस प्रस्तावित मिथिला भोजपूरा प्रदेशको पक्षमा २८ र विपक्षमा ७९ वटा मत खसेको हो ।

यस अघि नेकपा प्रस्तावित जानकी प्रदेशको पक्षमा ३७ वटा मत खसेको थियो भने विपक्षमा ७० वटा मत खसेको थियो । 

नम्बर दुईको नामाकरणका लागि दलहरुबीच सहमति नभएपछि मतदान प्रक्रिया अपनाईएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर