• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आजको पत्रपत्रिका: कोरोना रोक्न नेपालमा चिनियाँ मोडल अपनाइदै

आजको पत्रपत्रिकामा कोरोना रोक्न बारेमा नेपालको तयारी विषयको समाचारले प्राथमिकता पाएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि चीनले अपनाएको मोडल नेपालमा अपनाउने तयारी गरिएको समाचार कान्तिपुर दैनिकमा छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिएका छन् ।
कान्तिपुरका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन लकडाउन गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।

दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने विधि हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रुपमा अपनाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर