• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

के अब कोरोना भाइरसले ट्रम्पको कुर्सी नै खाइदिन्छ ? 

वासिंटन । अमेरिकामा अचानक बेरोजगारको संख्या बढेको छ । यहाँ ३० लाखभन्दा बढी मानिस आफूलाई बेरोजगारको रुपमा पञ्जिकृत गरेका छन् । अचानक आएको यो बेरोजगारको बाढीले अमेरिकाको अर्थव्यवस्था रातारात गहिरो संकटमा परेको देखाउँछ । 

अमेरिकी सरकारको सटडाउन आदेशले अस्थायी रुपले कारोबार मात्रै बन्द भएका छैनन्, यसले लाखौँ अमेरिकीको रोजगार बन्द भएको छ । यी बेरोजगारमा कोही घण्टाको हिसाबले काम गर्छन् र हरेक महिना आउने ‘पे–चेक’मा निर्भर रहन्छन् । उनीहरुसँग बचत नै हुँदैन ।

अमेरिकामा सेयर मार्केट द्रुत गतिमा तल झर्यो । यसलाई मध्यनजर गर्दै अमेरिकी संसदले देशको इतिहासको सबैभन्दा ठूलो आर्थिक रातह प्याकेजको घोषणा गर्यो । अब के यो राहत प्याकेजले यी परिस्थितिहरुलाई सम्हाल्न सक्ला त ? 

हाललै यति कुरा त स्पष्ट छ कि कोरोना भाइरसले हजारौँ अमेरिकीहरुलाई आफ्नो चपेटामा पारिसकेको छ र यसका घटना बढ्दै जाँदा अर्थव्यवस्थामा पनि गम्भिर असर परिरहेको छ । यसबाट लाखौँको जीवन प्रभावित हुनेछ । 

अमेरिकाको बिरामी हुँदै गएको अर्थव्यवस्थाः
अमेरिकी संसदको जस्तै व्हाइट हाउले पनि आगामी आर्थिक सुनामीलाई अनुमान लगाएको छ । यस साताको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोबारहरु फेरी खोल्न उत्सुक रहेको बताए । 

उनको यो भनाई उनको पहिलेको बयानभन्दा ठिक उल्टो छ, जसमा उनले भनेका थिए कि भाइरसको संक्रमण फैलिनबार्ट रोक्नका लागि हर सम्भव प्रयास गरिनेछ ।

खासमा ट्रम्पका लागि राजनीतिक वास्तविकता यो हो कि मृत्युको आंकडा बढेसँगै यदि अमेरिकी अर्थव्यवस्था पनि गहिरो मन्दीतिर गयो भने यी दुवै कारण आगामी राष्ट्रपति चुनावमा उनका लागि समस्या बन्न सक्छ ।  

त्यसो त यो नसुल्झिएको क्षेत्र हो, तर चुनावी वर्षको सुरुमै अमेरिका आर्थिक संकटमा जानु राष्ट्रपतिको राजनीतिक आशाका लागि गम्भिर खतरा हो । जब समय खराब हुन्छ, आर्थिक संकटहरुले अर्को चिन्ताहरुबाट ध्यान हटाउँछ । 

राष्ट्रपतिका लागि अमेरिकीको समर्थन ठूलै छ । यो यस कारण पनि हुनसक्छ, कि अमेरिकी नागरिक बाहिरी खतराको सामना गर्न आफैँ तयार छन् । यद्यपि, सन् १९९० को खाडी युद्ध र सेप्टेम्बर ११ आक्रमण जस्ता पछिल्लो संकटहरुमा अमेरिकी राष्ट्रपतिलाई निक्कै ठूलो समर्थन मिलेको थियो । 

तर लामो समयसम्म चलेको संकटका कारण वा अर्थव्यवस्था कमजोर भएको दुवै मामिलापछि उक्त समर्थन कम हुनु अलग कुरा हो ।

राजनीतिक भविष्य तय गर्ने समर्थनः
वर्ल्ड ट्रेड सेन्टर र इराक युद्धको समयमा जर्ज डब्ल्यु बुशलाई मिलेको नागरिकको समर्थन चुनावसम्म मात्रै रह्यो र उनले फेरी चुनाव जिते । उनका पिता जर्ज डब्ल्यु बुश यस मामिलामा त्यति भाग्यमानी साबित भएनन्, किनकि खाडी युद्धपछि मिलेको नागरिकको समर्थ चाँडै नै कम भयो । 

ट्रम्पको काममा फर्किने आह्वानलाई अन्य कन्जरभेटिभ पार्टीका सदस्यले पनि दोहोर्याएका छन् । उनीहरु अझ उद्धार भएर खालिरहेका छन् । नागरिकको जिन्दगी बचाउनका लागि यति कडा कदम उठान ठिक नभएको उनीहरुको तर्क छ । 

ट्रम्पको यो भनाई आगामी दिनमा थुप्रै गभर्नर, रिपब्लिकन र डेमोक्र्याटिकबीच मतभेद हुनसक्छ, जसको हातमा राज्यको कमान छ र उनीहरु नागरिकमाथि प्रतिबन्ध कम गर्ने पक्षमा छैनन् । 

‘मेरो शैलीबाट तपाईलाई गाह्रो भयो, तर यो आवश्यक थियो’ भन्नुभन्दा उनलो राजनीतिक शैलीमा उनले ‘तपाईले यो मेरो शैलीमा गर्न आवश्यक थियो’ भन्नु उचित होला । ट्रम्पको समर्थन गर्ने केही गभर्नरले राष्ट्रपतिको भनाईमा सहमत हुनसक्ने सम्भावना पनि छ, जसका कारण देश विभाजन हुने सम्भावना हुन्छ । एकातिर लकडाउन जारी राख्ने राज्य र अर्को तर्फ प्रतिबन्धमा कम गर्ने राज्य हुनेछन् । 

जस्तै, मिसिसिपीका गभर्नरले त्यहा धेरैजसो कारोबार आवश्यक भएकाले सामाजिक दूरीबाट छुट दिनुपर्ने घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘वास्तविक नागरिक चाँडै काममा फर्कन चाहान्छन् ।’

यो यस कुराको संकेत हो कि आगामी अमेरिकी चुनावको अभियान राष्ट्रपतिको मस्तिष्कमा तिव्र गतिले दौडिरहेको छ । राष्ट्रपतिको राजनीतिक प्रतिद्धन्द्धीहरुले भाइरसलाई नियन्त्रण गर्ने ट्रम्पको तरिकामाथि आक्रमण सुरु गरिसकेका छन् । 

‘प्रायरिटी युएसए एक्शन’ नामक एक उद्धार समूह एक विज्ञापन चलाइरहेको छ, जसमा अमेरिकामा बढिरहेको कोरोनाको घटनाहरुलाई चार्टमा देखाइरहेको छ, जसको साथमा ट्रम्पको त्यो अडियो चल्छ, जसमा उनी सुरुमै कोरोनाको खतरालाई खारेज गरिरहेका थिए । 

अमेरिकामा आर्थिक संकट सुरुवात मात्रै होः
ट्रम्पको चुनावी अभियानको समूहले यस विज्ञापनलाई रोक्न सूचना दिएको छ । ट्रम्पको भनाईलाई गलत सन्दर्भमा देखाइएको उनीहरुको तर्क छ । यद्यपि, यस्ता थुप्रै प्रमाणहरु छन्, जसमा ट्रम्पले कोरानो भाइरसको खतरालाई हल्का रुपले लिएका छन् । 

राष्ट्रपतिले उक्त विज्ञापनलाई हटाउन सक्छन् वा सक्दैनन्, तर यदि चिकित्सा तथा आर्थिक संकट यसरी नै बढिरह्यो भने आगामी दिनमा यस्ता थुप्रै विज्ञापन दिइनेछ । 

अमेरिकामा ३० लाख बेरोजगार बनेका छन्, उनीहरु संकटको समय बिताइरहेका छन् । यी सब सत्ताको कुर्सीलाई डगमगाई दिने शक्ति हो । 

संसदको आर्थिक राहत प्याकेज नागरिकको आर्थिक संकटलाई कम गर्ने उद्देश्यले दिइएको छ, तर यदि बिहिबार आएको बेरोजगारीको आंकडा आर्थिक संकटको खाली सुरुवात हो । यस्तो अवस्थामा यस संकटलाई भगाउन यो प्याकेज अपर्याप्त हुनेछ । बिबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर