• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिकामा एकै दिन १९ हजार बढीमा कोरोना संक्रमण, विश्वभर संक्रमितको संख्या ६ लाख ६३ हजार

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट सबै भन्दा धेरै प्रभावित हुने मुलुक अमेरिका बनेको छ ।  पछिल्लो २४ घण्टाको अबधिमा मात्रै अमेरिकामा पछिल्लो एक दिनमा १९ हजार ११९ जना संक्रमित थपिएका छन् । हालसम्म २०० भन्दा बढी राष्ट्रमा संक्रमण फैलदा जम्मा संक्रमितमध्ये अमेरिकी मात्रै १८ प्रतिशत रहेका छ ।

अहिलेसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय १३ जना संक्रमित भएका छ । अमेरिकामा पछिल्ला दिनहरुमा मृत्युदर पनि बढेको छ । पछिल्लो एक दिनमा ५ सय ५१ जनाको मृत्यु भएपछि २ हजार २ सय १२ जना पुगेके छ ।

चीनमा पछिल्लो एक दिनमा ५ जनाको मृत्यु भएको छ भने ४५ जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म ६ लाख ६२ हजार ६ सय ७४ जना संक्रमित हुँदा ३० हजार ८ सय ८४ को मृत्यु भएको छ । १ लाख ४२ हजार पूर्णरुपमा निको भएका छन् भने २५ हजार ४ सय १ जना गम्भिर अवस्थामा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर