• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ज्योतिष विज्ञानको गणनामा ‘कोभिड–१९’

– मंगल (शासनमा कडाई) ।
– शनि (अनुशासन) ।
– बृहस्पति (ज्ञान) ।
– शुक्र (खानपीनमा सुधार) । 

‘कालाधीनं जगत्सवर्म’ ।
पूर्वीय दर्शन अनुसार यो संसार कालको अधीनमा छ । कालको ज्ञातालाई कालज्ञ भनिन्छ । कालको अधीनमा रहेर ब्रह्मजी सृष्टिको रचना गर्नु हुन्छ । भगवान विष्णुले सृष्टिको पोषण गर्नुहुन्छ ।  शिवजी सृष्टिको संहार गर्नुहुन्छ । हाम्रो ऋषिमुनि अनुसार काल नै कर्ता हो । ऋतुहरू कालको इन्द्रीय हुन । महिना, पक्ष कालको शरीर हुन । दिन र रात कालको वस्त्र हुन । वेद सृष्टिको शास्वत संविधान हो । वेदको सार रूप चेतना हो । बिस्तार रूप अधिदेव, अधिभूत र अध्यात्मको नीति, नियम, गति, क्रियाको अध्ययन, अनुसन्धान हो । जसलाई बुझ्न, सिक्न मुनुस्यको एक जन्मको आयु निकै छोटो छ ।

सृष्टिको सार र विस्तारको रहस्य बुझ्न शास्त्रमा गुरुको महिमा विशेष पाइन्छ । सृष्टि को खेल सार र विस्तारमा सीमित छ । जब–जब मुनु सृष्टिको सारलाई भन्दा विस्तारलाई महत्व दिन्छ । मानवलाई भन्दा पदार्थलाई महत्व दिन्छ । अनि आफ्नो महत्वकांक्षा पूर्ति हेतु यी कालका ऋतु, महिना, पक्ष, दिन, रात र पञ्च महाभूतलाई आफ्नो आवश्यकता भन्दा बढी दोहन गर्न थाल्छन् । त्यसैका कारण पृथ्वीमा कालकुट विषको उत्पन्न हुन्छ । जसको प्रभाव वर्तमानमा आम पृथ्वीवासीले कोरोना भाइरसको रूपमा भोग्न परेको छ ।

त्यसकारण पूर्वीय दर्शनमा ज्योतिषलाई वेदको आखाँका रूपमा चित्रण गरेको पाइन्छ । ज्योतिष शास्त्रमा तीन वटा स्कन्द छन् ।
१. सिद्धान्त ज्योतिष (गणना) ।
२. संहिता (विवेचना) ।
३. होरा शास्त्र(फल) ।

विज्ञानको मूलआधार भनेको कुनै पनि पदार्थ, पिण्डको पहिला गणना गरिन्छ । विवेचना गरिन्छ । अन्तमा फलको (चभकगती) व्याख्या गरिन्छ । एउटा साधारण ज्योतिषको नाताले म पनि आज आम जनसमुदाय समक्ष एकाग्र चित्तमा प्रवेश गरेर भगवान श्री पशुपतिनाथको स्मरण गर्दै अहिलेको ग्रहको गणना, विवेचन र त्यसको फलको व्याख्या गर्न गहिरहेको छु ।

ग्रहहरू कर्मको कारक होइनन् सूचक मात्र हुन् । कर्म फलको निर्धारण स्वयम मुनुस्यको कर्मबाट निर्धारित हुन्छ । ज्योतिष शास्त्रले अनुकूल र प्रतिकूल अवस्थाको मार्गनिर्देश मात्र गर्छ । ग्रहहरूले २०७६ सालमा पहिला के–के सूचना दिएको थियो त यो घटनाको बारेमा । २०७६ कात्तिक औंसीको दिन स्वती नक्षेत्र पर्नु नै पहिलो अकाल मृत्युको सूचना थियो । त्यसपछि पौष १० गते सूर्य ग्रहण धनु राशीमा भयो । त्यो समय धनु राशीमा केतु, बृहस्पति, सूर्य, चन्द्रमा एकै ठाउँ थिए ।

जब, राहुरकेतुको बिन्दु जुन सूर्य र पृथ्वीबीचमा चन्द्रमाको प्रवेश हुन्छ सूर्य ग्रहण घटित हुन्छ ।  ग्रहणको कारण ती सबै ग्रहको ऊर्जा राहुले निस्तेज पारेको देखिन्छ । यस प्रकारको ग्रहण महाभारत युद्धको बेला परेको थियो भन्ने शास्त्रीय मान्यता छ । चैत्र महिनामा यसको प्रभाव बढी देखिनुको कारण यो महिनामा ५ वटा शनिबार परेको छ । जुन शास्त्र अनुसार अशुभ मानिन्छ ।

अहिले, मंगल, शनि र बृहस्पति मकर राशिमा छन् । मंगल मकर राशिमा उच्च भएर सेनापतिको रूपमा बसेको छ । जसको प्रभाव संसार भरिका सरकार आफ्नो जनतालाई घरभित्र बस्न भनेर उर्दी जारी गरिरहेको अवस्था छ । बृहस्पति मकर राशिमा नीच अवस्थामा छ । जसको कारण भाइरसको उपचार, औषधि निकाल्ने ज्ञान, वैज्ञानिकहरूसँग छैन, अन्योल छन् ।

तर, बृहस्पति नीच भएपनि उ बसेको राशि मकरको स्वामी शनि मकर राशिमा स्वगृह भएका कारण बृहस्पतिको नीच भंग राज योग हुन्छ । जुन सबै मानव जातिको उपायको लागि राम्रो हो । ज्ञान (बृहस्पति)बिना कोरोना भाइरसको उपाय सम्भव छैन । जसका कारण सबै जनालाई भगवानको नाम लिन बाध्य बनाई रहेको छ । बृहस्पति दक्षिण दिशामा नीच भंग राज योग बेनेको  कारण कोरोना भाइरसको खोप, औषधि भारतमा नै आविष्कार हुने सम्भावना धेरै छ ।

यसका साथ–साथै अचानक रूपमा वैज्ञानिकहरुले सफलता प्राप्त गर्ने छन् । शनि मकर राशिमा दण्डकर्ताको रूपमा बसेर संसार भरि नाम, प्रतिष्ठा, व्यापार प्राप्त गर्ने नियम, विधि ठीक छैन, सुधार गर भन्ने न्यान,  नियम,प्रकृतिको अनुशासन के हो त्यसको अनुभव कठोर दुःख दिएर सिकाइरहेको छ । पुरुषको ईच्छा पुरुषार्थ अथार्त धर्म, अर्थ, काम, मोक्ष आरोग्यको अधीन छ भन्ने गतिलो संदेश दिएको देखिन्छ । मानव स्वास्थ्य कति संवेदनशील छ यसको भय संसार भर व्याप्त छ । राहु मिथुन राशिमा उच्च भएर यो अन्योललाई दिन दुई गुणा रात चौगुना फैलाएको देखिन्छ । कोरोना भाइरसको सुरुवात चीनबाट शुरू हुनुमा केतुको कारण देखिन्छ । केतु बिस्फोट (यगतदचभबप) को कारक मानिन्छ ।

केतु धनु राशिमा उत्तर पूर्व दिशा अवस्थित छ । राहु मिथुन राशिमा पश्चिम दिशा भएका कारण यसको प्रभाव पश्चिम मुलुकमा बढी देखिन्छ ।मंगल उच्च भएर अहिले दक्षिण दिशामा छ । जसको कारण भारतमा जति क्षति हुनपर्ने अझै भाको छैन । राहुको आसुरी मायावी शक्ति भाइरसलाई कसरी नियन्त्रण गर्ने भनेर युद्ध स्तर मा शनि, मंगल र बृहस्पति लागि रहेको देखिन्छ ।

जसको उपाय संसार भरका सरकारले लागु गरिरहेको देखिन्छ । मंगल (शासनमा कडाई), शनि (अनुशासन), बृहस्पति (ज्ञान), शुक्र (खानपीनमा सुधार)ले मात्र राहु को मायावी शक्ति भाइरससँग युद्ध गर्न यी ४ ग्रहले हाम्रो मन, मस्तिष्कलाई निर्देश गरी रहेको छन् । यो समुन्द्र मन्थन जहाँबाट कालकुट विषको उत्पत्ति भएको छ । जसलाई धारण गर्न पृथ्वीवासी मुनुस्यलाई धेरै कष्ट भै रहेको छ । गाँस, बास र कपास, उपचारमा मात्र केन्द्रित हुन यी तीन ग्रहले मानव जाति लाई निर्देश गरेको पाइन्छ ।

मंगल यो विशाल युद्धलाई विजयमा परिणत गर्न अग्रसर छ । २०७७ वैशाख २० गते, शनिवार, बैशाख शुक्ल नवमीको दिन मंगल २८ डिग्रीमा प्रवेश गर्छ । मंगलको उच्च प्रभावले कोरोना भाइरस माथि विजयको झण्डा संसारभर फहराउँने प्रक्रिया सुरु हुन्छ । शनि र बृहस्पति उत्तराषाढा नक्षत्रमा बसेर विजयको खुसी संसारभर मानव सभ्यतालाई दिने छन् । राहु चाहिँ अर्दा नक्षेत्रमा रहुन्जेल आफ्नो प्रभाव देखाई नै रहन्छ ।

जब राहुले जेठको ९ गते अर्थात् २२ मे २०२०मा शुक्रबार, शनि जयंतीको दिन मृगशिरा (कल्याण प्रद) नक्षत्रमा प्रवेश गर्छ उसको शक्ति क्षण हुन्छ अनि राहुको प्रभाव कम हुन्छ । शनि जयन्तीको दिनबाट विजय उत्सव सुरु हुन्छ । संसारभरका सरकार, वैज्ञानिकको मिहिनेतको फल बल्ल प्राप्त हुन्छ ।

(लेखक ज्योतिष भुसाल पूर्वीय दर्शन र वास्तुशास्त्र विद् हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर