• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोरोना भइरसको उद्गम थलो वुहानको लकडाउन ७६ दिनमा खुलेपछि...(फोटोफिचर) 

एजेन्सी । कोरोना भाइरस संक्रमणको उद्गम थलो मानिएको चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ । लकडाउन हटेसंगै सर्वसाधारणले खुसी व्यक्ति गरेका छन् । 

मंगलबार लकडाउन हटाइएसँगै यातायातका सबै साधन पुनः सञ्चालनमा आएका छन् भने बजार खुलेको छ । यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने  चाईना डेलीले जनाएको छ ।

मंगलबार चीनमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएपछि उहानको लकडाउन हटाइएको हो ।

लकडाउन खुलेसँगै सीमित हवाइ सेवा हुँदा पनि बुधवार १० हजार यात्रु लिएर दुई सय विमान उहान सहरबाट अन्यत्र जाने यात्रा तय गरेक छन् । 

चिनियाँ सरकारी सञ्चारमाध्यमले देखाएका भिडिओअनुसार सय वटा जति उच्च गतिका रेल विभिन्न स्थानमा प्रस्थानका लागि तयार भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर