• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 03:32 am

अध्यक्ष प्रचण्डको लकडाउन डायरी : मार्क्सको ‘पुँजी’बाटै उदाउँदो सूर्यको खोजी

एका बिहानै प्रचण्ड :
वसन्त ऋतुको यो मध्यान्तर । आकाश शान्तिप्रिय रंगमा निलो बनेर खुलेको छ । कोरोना र लकडाउनको सकारात्मक प्रभाव, उपत्यकाको आकाशमा धुँवा–धुलो छैन । वातावरण सफा छ । जुन विरलै हुने गर्दछ । ऋतुको परिवेशमा चराचुरुङ्गी आफ्नै महफिल भाकामा छन् । घर छेउँ रुखका हाँगामा बसेका ती चराचुरुङ्गीको बिहानै चिरबिर आवाजले मन शान्त बनाउँछ ।

उपत्यकाका चारैतिरका आकाश खुल्ला छ । हरेक दिन बिहानीको ५ बजे । जुरुक्क उठेर झ्यालका पर्दा खोल्दा ठिङ्ग उभिएको गौरीशंकर हिमाल आँखै अगाडी झुल्किन्छ । गौरीशंकर हिमाल ठ्याक्कै पूर्व–उत्तर । बिहानी जति छिपिंदै जान्छ गौरीशंकर आफ्नो रंग फेर्दै जान्छ । 

गौरीशंकरमा सूर्यका सुनौला रंग छर्किएदेखि सेताम्यै हुँदासम्म प्रत्येक दिनको बिहानीका दृष्य फरक–फरक रुपमा खुल्छन् । खुमाल्टारको उचाईंमा पूर्व–उत्तर फर्किएको घरबाट देखिने यो दृष्य ! संयोग यस्तो जुरेको छ, नेपालको समय मापक त्यही गौरीशंकर हिमालबाटै हुन्छ ।

गौरीशंकर हिमालले नेपालको सयम निर्धारण गरिरहन्छ । जो समयका आधारमा तीन करोड नेपाली चलिरहेका छन् । नेपालका एक नेतृत्व फेरि त्यही गौरीशंकरलाई दृष्यवालकनसँगै मुलुकको भावि ‘समय’ रेखा कस्तो हुने ? भनेर नयाँ खाका कोर्दैछन् ।

बिहानैदेखि नेता, कार्यकर्ता, कुटनीतिज्ञ, व्यापारी, व्यावसायीको लामो लर्को लाग्ने यो घर । लकडाउनपछि स्वतः शैली फेरिएको छ । सधैं देखिने बाक्लो उपस्थिति घटेको छ । सम्पर्क भने उति नै छ । प्रत्यक्ष सम्बन्ध कम मात्रै हो । माध्यम फेरिएको छ ।

यी परिस्थितिजन्य वातावरणले श्रृजना गरेको को बाध्यता हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का दिनचार्य यसैगरी चलिरहेको छ यो लकडाउनको समयमा । प्रचण्डको लकडाउन डायरी यस्तो चल्दैछ ।

‘बिहान ५ बजे उठेदेखि संगित श्रवण, मर्निङवाक, टेबुलटेनिस, साइकलिङ गरिसक्नु हुन्छ ७ बजेभित्र । चुप लागेर बस्न सक्नुहुन्न बुवा त । अत्यन्तै गतिशील’, स्वकीय सचिव तथा कान्छी छोरी गंगा दाहाल भन्छिन्– ‘फिजिकल एक्र्ससाइज सकेपछि बिहानैदेखि उहाँ सञ्चारमाध्यममा आएका समाचारहरु पढेर अपडेट हुनुहुन्छ । त्यति मात्रै होइन, सामाजिक सञ्जालमा आएका विषयमा समेत चासो दिएर अपडेट हुनुहुन्छ ।’

हिजोका दिनमा भेट्न पाउँ भनेर समय माग्नेको फोनबाट बेफुर्सद हुने गंगा । लकडाउनपछि सबै विषय फोनबाट अपडेट गराउनु परेकोछ गंगाले बुवा अर्थात् ‘सीएम’लाई । ‘लकडाउनपछि त साँच्चिकै सामाजिक दुरी कायम राखिएको छ । सबै फोनबाटै अपडेट हुन्छौं । लकडाउनको १७ औं दिनभित्र दुईवटा जति अति जरुरी भेट बाहेक अरु भएका छैनन् । सचिवालय बैठक र प्रधानमन्त्रीसँग भने भएका छन्  ।’
.........
लकडाउनमा समेत राष्ट्रिय राजनीतिक ‘मियो’ प्रचण्ड 

राजनीतिक मियो । अढाई दशकयता ठूला राजनीतिक घट्नाक्रम, प्राकृतिक विपत्ति जहाँ, संकट त्यहीँ प्रचण्ड जस्तै भएको छ । उनले सधैं राष्ट्रिय राजनीतिक ‘मियो’ बनेर आफ्नो "वरिपरि" अन्यलाई घुमाई रहेका छन् । तीन दिनअघि पार्टीभित्र देखिएको गुनासा, आक्रोशलाई पार्टी सचिवालय बैठकको वातावरण तय गरेर साम्य पारे । 

दुई दिनअघि केही ‘राजनीतिक अर्थ लाग्ने’ विषयमा प्रचण्ड बोले । ‘कोभिड–१९ रोकथामका लागि सरकारले गरेका काम कार्वाहीप्रति सन्तुष्ट छु । तर, प्रधानमन्त्रीसँग गम्भिर संवाद गर्छु’, कोभिड–१९ को संक्रमणसँगै पार्टी पंक्तिमा भित्री–बाहिरीबाट भएका आक्रमणप्रति संकेत गर्दै प्रचण्डले ‘द्वीअर्थी’ लाग्ने शब्द बोले । जसले पार्टी पंक्तिमै तरंग पैदा गरिरहेको छ ।

– गौरीशंकर हिमाल हेर्दै, संगित श्रवण, व्यायाम गर्दै अपडेट हुँदै ।
– ‘अतिरिक्त मूल्यको सिद्धान्त’मा बढि ध्यान ।
– लुइस मोर्गनको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ पुनः अध्ययन ।
– ‘राष्ट्रिय एकता’का प्रस्तावित सर्वपक्षीय संयन्त्रको प्रस्ताव, राजनीतिमा नयाँ बहस । 
– कोभिड–१९ को विपतसँगै आएको यो अबसरलाई उपयोग गर्ने धुनमा छन् प्रचण्ड ।
– आमालाई साँझ बिहान थेरापी गराउने, हिड्डुल गराउने काम बुवाको भएको छ भन्छिन गंगा ।

त्यसैगरी १२ बैशाख २०७२ मा गएको महाभुकम्पको महाबिपत्तिमा लिएको पहलकदमीले मुलुकमा नयाँ संविधान जारी गर्ने बाटो तय भयो । यतिबेला प्रचण्डले फेरि राष्ट्रिय एकताको पक्षमा बहस छेडेका छन् । ‘भूकम्पकाबेला प्रतिपक्षको नेता हुनुको नाताले प्रधानमन्त्री (तात्कालिन प्रधानमन्त्री सुशील कोइराला)लाई राष्ट्रिय एकतासाथ अघि बढ्नुस् साथ दिन्छु भनेको थिएँ । अहिले हाम्रै सरकार छ । अहिले पनि मैले राष्ट्रिय एकताका साथ अघि बढ्नपर्छ भनेको छु,’ बिहीवार राती एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा प्रचण्डले राष्ट्रिय एकताको नयाँ प्रस्ताव पस्के ।

नेपाली राजनीतिमा प्रचण्डले कहिल्यै जस पाएनन् । गर्दा पनि, नगर्दा पनि प्रचण्डले आलोचना खेप्नुपरेको छ । जब, प्रतिपक्षसहितको राष्ट्रिय एकताका लागि प्रधानमन्त्रीकै नेतृत्वमा राजनीतिक संयन्त्र बनाएर कोभिड–१९का विरुद्ध एक भएर जान प्रस्ताव गरे फेरि पार्टीको एक पंक्तिबाट प्रत्याक्रमण शुरु भएको छ । यसले पुष्टि गर्छ कि जतिखेर प्रचण्ड राष्ट्रिय राजनीतिमा नयाँ बिचार राख्छन । उनको विचारमाथि विरोध र समर्थनमा बहस शुरु हुन्छ ।

राष्ट्रिय एकताबाट विश्वभर फैलिएको कोभिड–१९का विरुद्ध बिजय प्राप्त गर्न सकिन्छ भन्ने प्रचण्डको नविनतम् बिचार पार्टीभित्रको एउटा पंक्तिलाई पाच्य भएको देखिन्न । ‘झण्डै दुई तिहाई बहुमतको आफ्नै पार्टी सरकार छ । प्रदेश देखी स्थानीय तहमा सवै नेतृत्व नेकपाकै छ । किन चाहियो सर्वपक्षीय संयन्त्र ?’ कतिपय विषयमा खुलमखुल्ला पार्टी नेताहरुबीच आरोप, प्रत्यारोप देखिसकिएको छ ।

यो महामारीबाट मुलुकको शासन व्यवस्था प्रणाली, आर्थिक, समाजिक, स्वास्थ्य क्षेत्र बारे धारणा कोर्दै गर्दा प्रचण्डले राष्ट्रिय सहमतिको बाटो खोजेका हुन । कोभिड–१९ सँगको ‘युद्ध’ र बिजयपछिको समृद्ध नेपाल निर्माणको यात्रा कसरी तय गर्न सकिन्छ भन्ने खाकाका निम्ति केही राजनीति बहस चलाएका छन् यतिबेला प्रचण्डले ।

राष्ट्रिय एकताबाट विश्वभर फैलिएको कोभिड–१९का विरुद्ध बिजय प्राप्त गर्न सकिन्छ भन्ने प्रचण्डको नविनतम् बिचार पार्टीभित्रको एउटा पंक्तिलाई पाच्य भएको देखिन्न । ‘झण्डै दुई तिहाई बहुमतको आफ्नै पार्टी सरकार छ । प्रदेश देखी स्थानीय तहमा सवै नेतृत्व नेकपाकै छ । किन चाहियो सर्वपक्षीय संयन्त्र ?’ कतिपय विषयमा खुलमखुल्ला पार्टी नेताहरुबीच आरोप, प्रत्यारोप देखिसकिएको छ ।

सरकारले सेनालाई स्वास्थ्य समाग्री खरिद गर्ने जिम्मा दिएपछि नेतृत्वमै रहेका नेताहरुबाट त्यसको ठाडै विरोध भयो । जसले नागरिक सरकारप्रति प्रश्न चिन्ह खडा गर्यो । त्यसको जवाफ प्रचण्डले कुटनीतिक शैलीमा भनेका छन्– ‘तत्कालै त्यस्तो शासन व्यवस्था विरुद्ध कुनै तानाशाह जन्मिने खतरा देख्दिनँ ।’

जनतालाई धेरै ठूला कुराले खुशी पारेको छैन । सहज घर फर्किन पाउनु पर्ने । सीमाबाट स्वदेश फर्कन पाउनुपर्ने, थोरै राहात पाए उनीहरु सयौं खुशी व्यक्त गर्छन । सरकारले भनेका उनीहरुले खुरुक्क मानेर लकडाउनलाई पुरै सफल बनाएका छन् । जनताको मनोभावनालाई राम्ररी बुझेर यो साथ सहयोगलाई राष्ट्र निर्माणमा कसरी बदल्न सकिन्छ भन्ने जोड्बलमा प्रचण्ड नयाँ प्रस्तावहरु फ्याँकिरहेका छन् ।

अहिले त दुई तिहाई नजिकमा पार्टीको सरकार छ । यो जटिल परिस्थितिमा जनउत्तरदायी नभए भोलीका पुस्तालाई के छोड्ने ? भन्ने प्रश्नमा प्रचण्ड बढि चिन्तित देखिन्छन । ‘लकडाउन विस्तारै खुल्दै जाँदासम्म अध्यक्ष प्रचण्डले सोही बमोजिमको कार्ययोजना तय गर्दै जानुहुन्छ’, बुवाको हाउभाउ बुझेर गंगा भन्छिन । 
.........
मार्क्स, पुँजी र प्रचण्ड 
राष्ट्रिय, अन्तर्राष्ट्रिय घट्नाक्रमका विषयहरुमा अपडेटपछि प्रचण्डको छटपटी रोकिन्न घरभित्र । कोभिड–१९ को धक्काबाट पुँजीवादी मुलुकहरुमा देखिएको खैलाबैलाका दृष्यबाट प्रचण्ड अलग हुने कुरै भएन । समाचार, बिचारहरुमा अपडेट सकिएपछि प्रचण्ड बाक्ला किताबका पाना पल्टाउन शुरु गर्छन् । लकडाउनसँगै घरमा प्रचण्ड अध्ययनमा गहिरिएका छन् । उनका अध्ययन रुचीका किताब हुन, कार्ल मार्क्सको ‘पुँजी’ (भाग १, २ र ३) । 

‘मार्क्सको पुँजीलाई लकडाउनपछि निक्कै पढ्नु भएको छ बुवाले । पानी, ग्रीन टी पुराईदिन्छौं । उहाँ त्यही किताब पढिराख्नु भएको देख्छु’, गंगाले भनिन । राजनीतिक मार्गदर्शक उनै कार्ल मार्क्सलाई मान्ने प्रचण्ड यतिबेला पुँजी दोहोर्याएर पढ्नुका दुई, तीन कारण छन् ।

हेटौंडा महाधिवेशनको उद्घाटन समारोहमा समाजवाद बारे कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गजबको उदाहरण दिएर प्रचण्डलाई सुझाएका थिए । पौडेलले भनेका थिए– ‘समाजवाद खहरे खोला जस्तो आउने होइन । यसको विकासका चरण हुन्छन् । कल्पना गर्नु राम्रो हो, शुभकामना छ ।’

पार्टी एकतापछि कार्यदिशा त्यति प्रष्ट छैन । ‘समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडी बढाउने’ २०७५ जेठ २ गते पाँच बुँदे सहमतिमा भएको यत्ति मात्रै हो । 
मात्रै एमालेले ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले ‘एक्काइसौं शताब्दीको जनवाद’ छोड्ने मुख्य सहमति बाहेक अरु केही भएको छैन । मुल कार्ययोजना प्रष्ट नभएकाले पार्टीभित्र कतिपय कार्यशैलीगत, अभिव्यक्तिका ढाँचा मिलेको देखिन्न । यी साराको समाधान केवल बैचारिक लाईनको प्रष्टता मात्रै हो । यसैका निम्ति वैज्ञानिक समाजवाद कस्तो हुने भन्नेमा प्रचण्डको अध्ययन बढि केन्द्रित छ । जुन बाटो कार्ल मार्क्सको पुँजीले थप पहिल्याउने छ ।

उनले अझै आफ्नै नेतृत्वकालमा विगतमा पारित भएका दस्तावेजहरुलाई पनि दोहोर्याएका छन् । ‘जनताको पहलकदमीमा वृद्धि गरेर नै समाजवादी अर्थ व्यवस्थालाई मजबूत किसिमले विकास गर्न सकिन्छ भनि ‘क्रान्तिलाई पकड, उत्पादन बढाउ’ अर्थात् ‘लाल र निपुण’को क्रान्तिकारी नारा स्पष्ट नै छ’, ०४९ को यो दस्तावेज प्रचण्डले पुर्नव्याख्या गरिरहेका छन् ।

त्यसयता पटक–पटक राजनीतिक उतारचढावबीच ‘क्रमभंग’ गरिसकेका छन् । यद्यपी उनको मनोदशा भने नयाँ विचारका लागि यी अतित्का दस्तावेज सिंहावलकन भने गरिरहेका छन् । हेटौंडा महाधिवेशनको उद्घाटन समारोहमा समाजवाद बारे कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गजबको उदाहरण दिएर प्रचण्डलाई सुझाएका थिए । पौडेलले भनेका थिए– ‘समाजवाद खहरे खोला जस्तो आउने होइन । यसको विकासका चरण हुन्छन् । कल्पना गर्नु राम्रो हो, शुभकामना छ ।’

कालन्तरमा नयाँ संविधान नै समाजवादी उन्मुख भनेर घोषणा गरियो । जुनबेला समाजवाद उन्मुखका लागि ‘उत्पादन ब्रिगेड’का प्रस्ताव पारित गरिएको थियो हेटौंडा महाधिवेशनले । पौडेलले भने जस्तै समाजवाद खहरे खोला जस्तो नभई अहिले कोभिड–१९ले जर्वजस्त समाजवाद उन्मुखको बाटो पहिल्याउने वातावरण सृजना गरेको छ । कोभिड–१९ को विपतसँगै आएको यो अबसरलाई उपयोग गर्नुपर्ने धुनमा छन् प्रचण्ड ।

कोभिड–१९सँगै विश्व अर्थतन्त्र ओरालो लाग्दै गरेको परिस्थिति । नेपालमा पर्ने त्यसको प्रभाव बारे मसिनो गरी अध्ययन गरिरहेका छन् प्रचण्ड । पुँजीवाद, नव–उदारवादप्रति प्रश्न उठिरहेको बेला प्रचण्ड सबै भन्दा बढि मार्क्सको ‘अतिरिक्त मूल्य’को सिद्धान्तलाई व्याख्या गर्नेमा देखिएको छोरी गंगा सुनाउँछिन । 

मानव प्रगतिका सबै महान् युगहरु धेरथोर प्रत्यक्ष रुपमै अस्तित्वका श्रोतहरुको विस्तारका युगहरुअनुरुप हुन्छन्’, मोर्गनको यो सार बारे प्रचण्डले सुनाउने गरेको गंगाले सम्झिन । लकडाउनभित्र प्रचण्डका यी गहन पुर्नअध्ययनबाट मुलुकका लागि ‘नयाँ बिचार’ भोलीका दिन उदाउँदो सूर्यको प्रकाश जस्तै छर्लङ्ग हुनेछ ।

‘पुँजी र श्रमबीचको सम्बन्धलाई अन्तिम रुपमा स्पष्ट पार्ने काम, विद्यमान पुँजीवादी उत्पादन प्रणालीमा आधुनिक समाजभित्र पुँजीपतिले मजदुरको शोषण गर्दछ भन्ने कुरा देखाउनु । आधुनिक वैज्ञानिक समाजवाद यिनै कुरामा निर्भर हुने छ’, पुँजीका पानामा मार्क्सका यी विश्लेषणहरु प्रचण्डले पुनः दोहोर्याएरै पढ्दै छन् ।

कोभिड–१९ के हो त ? विश्वका वैज्ञानिकहरु यसका विरुद्ध खोप, औषधी पत्ता लगाउन लागि परेका छन् । उनीहरुका लागि चुनौतिकै विषय बनेको छ । यो महामारीले पक्कै पनि विश्वभरिका मानव जाति अहिलेकै ढाँचाको जीवनशैली, शासन व्यवस्था प्रणाली, स्वास्थ्य प्रणालीबाट चल्न सक्दैनन् भन्ने प्रष्टै पारेको छ । सामाजिक दुरी कायम किन राख्ने भनियो ? प्राकृतिक साधन–स्रोतमाथिका दोहोन कति उचित ? जस्ता थुप्रै बहस समाजवादी धारका विद्धत् वर्गले चलाएका छन् । यी बहसहरु बारे प्रचण्ड पुरै जानकार छन् ।

‘पुँजी’सँगै मानव समाज विकासका चरणमा पनि चासो बढेको देखाएका छन्, प्रचण्डले । एङगेल्सको ‘परिवार, निजी स्वामित्व र राज्य उत्पत्ति’भित्र लुइस मोर्गनको अनुसन्धानलाई उनी अध्ययन गरिहेका छन् । ‘प्रकृतिमाथि मानवजातिको श्रेष्ठता र प्रभुत्वको स्तर कुन चरणमा छ भन्ने कुरामा यस उत्पादन प्राप्त दक्षताले नै निर्णायक भूमिका खेलेको हुन्छ । सम्पूर्ण जीवहरुमध्ये केवल मानिसले मात्रै खाद्य पदार्थको उत्पादनमाथि प्रायः असीमित नियन्त्रण कायम गर्न सक्थ्यो । मानव प्रगतिका सबै महान् युगहरु धेरथोर प्रत्यक्ष रुपमै अस्तित्वका श्रोतहरुको विस्तारका युगहरुअनुरुप हुन्छन्’, मोर्गनको यो सार बारे प्रचण्डले सुनाउने गरेको गंगाले सम्झिन । लकडाउनभित्र प्रचण्डका यी गहन पुर्नअध्ययनबाट मुलुकका लागि ‘नयाँ बिचार’ भोलीका दिन उदाउँदो सूर्यको प्रकाश जस्तै छर्लङ्ग हुनेछ ।
.......
बुवा–आमासँग गंगा 
लजालु पाराकी, त्यति हुलमुलमा देखिन नचाहने स्वभाकी छिन गंगा । तीन वर्षदेखि बुवा अर्थात् अध्यक्ष प्रचण्डको स्वकीय सचिव । कान्छी छोरी हुन गंगा । उनले खुरुखुरु बुवाको सचिवालयको कामालाई सघाउँछिन । तीन वर्षबीच उनी कतै कहीँ विवादमा परेकी छैनन् । प्रचण्डको सचिवालयमा रहने धेरै जसोले एक न एक आरोप खाइरहने विगत हो । गंगा यसबाट अलिक पर छिन । 

धेरै बोल्न नचाहाने गंगा । बुवालाई बुझ्ने सक्दो कोशिष गर्छिन । ‘बुवा हुनुहुन्छ, फेरि पार्टीको कार्यकारी अध्यक्ष, उहाँको व्यस्तता, आइपर्ने ठूला बज्रपात सबै नजिकबाट उहाँको भोगाई हाउभाउबाटै बुझ्दछु र देख्छु पनि । म उहाँको सचिवालयमा रहेको बाबु (भाइ प्रकाश दाहाल)को निधनपछि हो’, गंगाका अलिक सोंझोपन देखिने अनुहारमा भाइका सम्झनामा भावकुता प्रष्ट्याउँदै भनिन् ।

‘लकडाउनले आमालाई हिड्न सक्ने बनाउनु हुने भयो भनेर बुवालाई हामी जिस्क्याई रहन्छौं’, बुवा हुनुको नाता प्रष्टाउँदै फेरि आमाको स्वस्थ्यतिर फर्किइन् गंगा– ‘स्वाट्टै निको त हुन सक्नु हुन्न आमा । तर, पनि थेरापी, हिडडुल गराई रहे आमाको स्वास्थ्य अहिलेकै अवस्थामा यथावत रहन्छ । यही हाम्रो लागि सबै भन्दा ठूलो खुशीको कुरा हो ।’

व्याम गरेपछि प्रचण्ड खाना के खाने ? भनेर खुब चासो राख्छन् । दाल, भात, रोटी तरकारी प्रचण्डलाई बढि मन पर्छ । त्यसमध्ये पनि गंगाले पकाएको खाना मिठो मान्छन प्रचण्ड । सामान्य अवस्थामा खाना खाने, फुर्सद कमै हुन्छ प्रचण्डलाई । सचिवालयमा रहेकीले भेटघाट व्यवस्थापन गर्न गंगालाई उस्तै हम्मे पर्छ । बुवालाई मन परे पनि गंगालाई पकाउने फुर्सद मिले पो ? 

‘यसपाली मैले पकाएर बुवालाई खुवाएको छु, मैले बनाएको खाना खुब स्वादिलो मानेर खानुहुन्छ’, गंगाले बुवाको आनिबानी बारे भनिन्– ‘बुवा कहाँ एक ठाउँ बस्ने मान्छे हो र ? छोरी के पकाउँदै छेउ ? भनेर किचनमै हेर्न आउनुहुन्छ ।’

यसपटक मासुमा प्रचण्डको त्यति ध्यान गएको छैन । कुनैबेला पाटनको च्यासलमा मःम खाएकै कारण आत्मालोचित हुने गरी मासुमा सौख राख्ने दहालका अचेल जीवनशैली त्यस्तो छैन । त्यसो त काठमाडौं नयाँ बजार बस्दा ठमेल सोर्हखुट्टे तिर ठूलो स्टोभमा बाहिरै भाँडा राखेर पकाउने झोल मःम पनि प्रचण्डले धेरै पटक खाएका छन् । ‘मासु नखाने होइन । तर, दुई/चार पीस खानुहुन्छ । खानासँग भन्दा दिउँसो कहिलेकाही खाजासँग’, गंगाले भनिन ।

‘यसपाली त हामी सबै खुशी छौं नि ! बुवाले आमालाई खुब समय दिनुभएको छ भनेर । सबै काम सकेर साँझ बिहान आमालाई थेरापी गराउने, हिड्डुल गराउने काम बुवाको भएको छ’, बुवाले आमालाई दिएको सयमप्रति गंगा खुशी प्रकट गर्छिन ।

अनि पारिवारिक रमाईला पाटा पनि सुनाईन गंगाले । ‘लकडाउनले आमालाई हिड्न सक्ने बनाउनु हुने भयो भनेर बुवालाई हामी जिस्क्याई रहन्छौं’, बुवा हुनुको नाता प्रष्टाउँदै फेरि आमाको स्वस्थ्यतिर फर्किइन् गंगा– ‘स्वाट्टै निको त हुन सक्नु हुन्न आमा । तर, पनि थेरापी, हिडडुल गराई रहे आमाको स्वास्थ्य अहिलेकै अवस्थामा यथावत रहन्छ । यही हाम्रो लागि सबै भन्दा ठूलो खुशीको कुरा हो ।’

याे पनि :

वर्षमान पुन ‘अनन्त’को 'कोभिड–१९ डायरी'

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
जीवन दास लेख्नुहुन्छ ३० चैत, २०७६ ४:१८ pm

प्रचण्ड केवल एक कुशल नेता मात्रै नभएर प्रचण्ड एउटा बिचार हो जिबन्त रहने एउटा बिज्ञान हो जो सधै चलायमान रहन्छ र प्रचण्ड कम्युनिस्ट इतिहासको एक बिशेश योद्धा हो जस्ले शोषित पीडितको मुक्तीको खातिर देश र समग्र रास्ट्रको हितको खातिर जस्तो सुकै जोखिम उठाउन पनि सक्ने महान राजनेता हुनुहुन्छ ।

Samir लेख्नुहुन्छ ३० चैत, २०७६ ०९:४१ am

????????????✊✊

दिपक रोका मगर्(रोल्पा) लेख्नुहुन्छ २९ चैत, २०७६ ८:५७ pm

यो लकदाउन ले (सियम्) ज्यु लाइ महान् जनयुद्ध का सहिद हरु को सपना र अबको समाजबाद को बाकी कार्यभार पूरा गर्न ठूलो भुमिका खेल्नेछ हामी सहिद परिवार को पुर्ण साथ र सहयो रहने छ्।

sashakta gharti लेख्नुहुन्छ २९ चैत, २०७६ ८:२५ pm

I hope he will be again Prachand !

तपाईँको मत

डा. बाबुराम भट्टराई के ‘भारत परस्त’ हुन त ? हेर्नुहोस् इतिहास

  • ११ जेठ, २०७७

संविधान संशोधनमा भट्टराईको भूमिका के हुन्छ ? उनको राष्ट्रियता जाँच्ने यो गतिलो ‘परीक्षण कीट’ साबित हुनेछ । काठमाडौं । डा. बाबुरा भट्टराई ।

नेकपाको ‘अस्थायी युद्धविराम’का ७ घुम्ती

  • २२ बैशाख, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत भएपछि पहिलो पटक पार्टी जीवनमा देखिएको तीब्र अन्र्तविरोधले कम्तिमा ३/४ महिना बिश्राम पाएको

‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’मा ओली–प्रचण्डबीच सहमतिले प्रधानमन्त्रीको राजीनामा टर्‍यो

  • २० बैशाख, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ पाउने गरी शक्ति बाँडफाँड