• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 02:51 pm

कोभिड १९ : मानिसहरु घर भित्र पसे, सिंह आएर सडकमा बसे

बीबीसी । मानिसहरू हराए भन्ने कुरा ढिलो, चाँडो जनावरहरूले थाहा पाउछन् । दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरूले अहिले त्यहाँ जारी लकडाउनको फाइदा लिइरहेका छन्। बुधवार नियमित अनुगमनका लागि निस्किएका बेला निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखे।

त्यो सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुन्थ्यो। तर अन्य वन्यजन्तुका संरक्षित क्षेत्रझैँ क्रुगर निकुञ्ज समेत कोरोनाभाइरस लकडाउनका कारण २५ मार्चदेखि बन्द छ। त्यसरी सडकमै सिंह सुतेको दृश्य सामान्य अवस्थामा रेञ्जरहरूले रातको समयमा मात्र देख्ने गर्थे।

अफ्रिका महादेशकै सबैभन्दा ठूलो शिकार आरक्ष समेत रहेको उक्त संरक्षण क्षेत्रका रेञ्जर रिचार्ड सोरे अत्यावश्यक सेवाका लागि लकडाउनमा समेत काम गरिरहेका छन्। वन्यजन्तुको अवस्था जाँच गरिरहने र तिनलाई गैरकानुनी सिकारीहरूबाट बचाउने जस्ता काम उनी गर्छन्। बुधवार मध्यान्न आराम गर्न बनाइएको एउटा विन्दू नजिक गाडीमा पुग्दा उनले सिंहहरू सुतेको दुर्लभ दृश्य देखे।

जम्मा पाँच मिटरजति पछाडि फर्केर उनले त्यो अस्वभाविक अवस्थालाई अझ राम्ररी नियाले। आफ्नो मोबाइलबाट फोटो लिँदा समेत मस्त निदाएका ती सिंहहरूले झिँजो मानेका थिएनन्। 'गाडीमा हुने मानिसहरूसँग सिंहहरू अभ्यस्त हुन्छन्' उनले भने।

'मानिसहरूको पाइलाको चाल थाहा पाउने एकखाले विशेष गुण भने सबैजसो जनावरमा हुन्छ। त्यसैले म हिँडेको भए चाहिँ उनीहरूले त्यति नजिक जान दिँदैन थिए।'

उक्त बथानमा रहेको सबैभन्दा बुढो सिंह १४ वर्षको छ जुन सिंहका लागि धेरै उमेर हो। त्यसैले गाडीहरू तिनका लागि सामान्य दृश्य भइसकेका हुन्छन्। अरूबेला सोरेले यस्तो दृश्य जाडोका बेला रातमा देख्थे। त्यस्तो बेला सडकको कालोपत्रे पीचको तातोले उनीहरू लोभिएर आउँथे।

सिंहहरूले अहिलेजस्तै सधै शान्त हुने सोचेर कतै सडकलाई नै सुरक्षित ठाउँ नठानुन् भन्ने रेञ्जरहरूको चिन्ता छ। सिंह मात्र नभएर जङ्गली कुकुरहरू समेत अहिले गल्फकोर्ससम्म आउन थालेका छन्।

अन्यथा जङ्गली जनावरहरूको स्वभावमा लकडाउनले ठूलो प्रभाव भने पारेको पाइएको छैन। सोरेले लकडाउनका कारण निकुञ्ज घुम्न आउन नसक्नेहरूलाई थोरै भए पनि खुसी मिलोस् भनेर आफूले खिचेका तस्बिर अरूलाई देखाउन चाहेको बताए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बजेट : संसद भवनमा अर्थमन्त्रीका पाँच तस्वीर

  • १५ जेठ, २०७७

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत

कोरोना महामारीबीच विश्वभर इदउलफित्र यसरी मनाइयो [फोटोफिचर]

  • ११ जेठ, २०७७

काठमाडौं । विश्वभरका इस्लाम धर्मावलम्बीहरु इदउलफित्र मनाइएको छ । यस धर्मावलम्बीहरुको महान् पर्व रमजानको एक महिनासम्म चल्ने रोजा व्रत सकिएपछि

बाह्रविसे पुगेर मन्त्री दुलालले भने–'नआत्तिनुस, सरकार साथमा छ' [फोटोफिचर]

  • ४ जेठ, २०७७

काठमाडौं । शनिबार नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भयो । बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति