प्रदेश पाँचमा क्वारेन्टाइनमा बस्नेको संख्या १२ हजार नाध्यो

बुटवल । प्रदेश पाँचमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइनहरुमा बस्नेको संख्या ह्वात्तै बढेको छ । बाहिरी प्रदेशमा रहेका तथा सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेकाहरु भित्रिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो । प्रदेश पाँच सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी समेत रहेका तंथ्याक अधिकृत मनबहादुर वलीका अनुसार रोल्पा र वर्दियामा क्वारेन्टायनमा बस्नेहरुको संख्या बढेको छ । 

प्रदेश पाँचमा ५ सय ६३ क्यारेन्टाइनमा १६ हजार ६ सय ३० वेड रहेका छन । सोमवार साँझसम्ममा क्यारेन्टाइनमा बस्नेको संख्या १२ हजार ६५ पुगेको छ । सोमवार मात्रै झण्डै एक हजारजना क्वारेन्टाइनमा थपिएका छन । यहा क्वारेन्टाइनमा रहनेको संख्या आइतवार ११ हजार २ सय ४ थियो ।

बाहिरी शहरहरुबाट जिल्ला जिल्लामा फर्किने बढेकाले पनि क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढेको वलीले बताए । रोल्पामा ६ हजार ८ सय ९ जना, वर्दियामा २ हजार ८ सय ७२ जना तथा प्यूठानमा ७ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन । 

प्रदेश पाँचमा कोरोना विशेष अस्पताल ४ वटा सहित ५२ वटा अस्पतालमा आइसोलेसन वेडको ब्यवस्था गरिएको छ । यी अस्पतालहरुमा ५ सय ६५ वटा वेड रहेकोमा हाल २६ जना उपचाररत रहेका छन ।  

त्यस्तै  सोमवार साँझसम्ममा ४ सय ६० जनाको स्वाब जम्मा गरिएकोमा ३ सय ४१ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १ सय १९ जनाको प्रक्रियामा रहेको छ । आरडीटी विधिबाट ३ हजार ५ सय २८ जनाको जाच गरिएकोमा एक जनाको पोजेटिभ रिपोर्ट आएको थियो । पोजेटिभ रिपोर्ट आएका ब्यक्तिको स्वाब परिक्षण गर्दा भने नेगेटिभ रिपोर्ट आएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर