झापामा ९ जना महिलाको उद्धार

झापा । झापाका सडकमा दयनीय जिवन बिताईरहेका नौ जना महिलालाई उद्धार गरिएको छ । यसरी उद्धार गरिनेमा झापाको मेचीनगर नगरपालिकाबाट ५ जना र जिल्लाकै बिर्तामोडबाट ३ जना रहेका छन् । यस अघि झापाकै कनकाईबाट एक महिलाको उद्धार गरिएको थियो । 

प्रदेश १ को सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको विशेष पहलमा ती महिलाको उद्धार गरिएको हो । मेचीनगर तथा बिर्तामोड नगरपालिका,प्रशासन तथा सामाजिक अभियन्ताको सहयोगमा उनीहरुलाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा पठाइएको छ ।

सामाजिक विकास राज्यमन्त्री गजमेरका अनुसार मानसिक सन्तुलन गुमाएका, लकडाउन वा अन्य कारणले विचल्ली भएर सडकमा बस्न बाध्य अधिकाँश मानिसहरुमध्ये महिला बढी जोखिममा परेकाले उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिएको हो । सरोकारवाला सहित राज्यमन्त्री गजमेरले उनीहरुको अल्पकालीन र दीर्घकालिन समस्या समाधानको पहल तत्काल थाल्ने प्रतिवद्धता कार्यान्वयनमा आएको भन्दै सरोकारवालाले खुशी व्यक्त गरेका छन् । 

सोमबार आश्रममा लगिएकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट थ्रोड स्वाब संकलन गरी स्वास्थ्य परीक्षण गर्ने त्यसपछि नतिजा नेगेटिभ आए आश्रममा लैजाने पोजेटिभ आए कोरोना अस्पतालमा लगेर उपचार गर्ने राज्यमन्त्री गजमेरले जानकारी दिनुभएको छ । 

अहिले विश्वभर नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण भइरहेका बखत उनीहरुलाई सोझै आश्रममा राख्दा समस्या हुने भएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपरेको राज्यमन्त्री गजमेरको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर