• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

४ सय ४१ सांसदले गराए स्वाब संकलन, रिपोर्ट भोलि दिउँसो आउने [फोटोफिचर]

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन भोलि (शुक्रबार) दिउँसो ४ बजेलाई आह्वान भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेसँगै संसद सचिवालयले अधिवेशनको तयारी अघि बढाएको थियो । 

सोही क्रममा अपरान्ह ३ बजेसम्म गरिएको थ्रोट स्वाब संकलन र परिक्षणमा ४ सय ४१ जनाले परिक्षण गरिएको छ । 

‘संघीय संसद अन्तरगत कुल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जसमा १७९ जना प्रतिनिधिसभाका माननीय सदस्य, राष्टिय सभाको ३३ जना माननीय सदस्य र कर्मचारी र मर्यादापालक २२९ जना गरी जम्मा परिक्षण ४४१ जनाले परिक्षण गराउनुुभएको छ,’ संसद सचिवालयले भनेको छ । 

प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउनेछ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर