• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सहरमा मान्छेहरु कुदेको मात्र देख्छु

मिरमिरेमा गरिबहरु पेट पाल्नको लागि कुदेको देख्छु ! 
बिहानीमा धनीहरु पेट फाल्नको लागि कुदेको देख्छु !!

कस्तो अचम्म हो, यो पेट सबैको समस्या पेटमै देख्छु ! 
हिजो आज यो शहरमा मान्छेहरु कुदेको मात्र देख्छु !!

भ्रष्टचारीहरु यो देश लुट्नको लागि कुदेको देख्छु !
अस्त्रधारीहरु बुद्धि भुट्नको लागि कुदेको देख्छु !!

व्रस्त्रधारीहरु  नाङ्गै लुट्नको लागि कुदेको देख्छु ! 
हिजो–आज यो सहरमा मान्छेहरु कुदेको मात्र देख्छु !!

घट्ना एउटा थरीथरीका समाचार लेखेको देख्छु ! 
प्रबन्ध  एउटा थरीथरीका  परिवन्द  भएको  देख्छु !!

दोषीहरु निर्दोषलाई एक आपसमा जुधाएको देख्छु !
निर्दोषहरु दोषीभई एक आपसमा  जुधेको देख्छु !!

सम्बन्ध एउटा थरीथरीका साइनो जोडेको देख्छु ! 
हिजो–आज यो शहरमा मान्छेहरु कुदेको मात्र देख्छु !!

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर