प्रादेशिक अस्पताल जनकपुरमा लगेको दोस्रो पिसिआर मेसिनको पनि गलत रिपोर्ट

जनकपुरधाम । पहिलो पिसिआर मेसिनले गलत रिपोर्ट दिएपछि लगेको दोस्रो पिसिआर मेसिनले पनि गलत रिपोर्ट दिएको छ । प्रादेशिक अस्पताल जनकपुरको दोस्रो पिसिआर मेसिन पनि कोरोनाको गलत रिपोर्ट दिएको हो । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषा र महोत्तरीका व्यक्तिमा कोरोनाको संक्रमण रहेको पुष्टि भएसँगै पिसिआर मेसिनमा पुनः प्रश्न उठेको छ । 

गत बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा २३ जनाको स्वाब संकलन गरेर प्रादेशिक अस्पतालमा रहेको पिसिआर मेसिनमा परीक्षण गर्दा सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो तर थप परीक्षणका लागि काठमाडौँ स्थित टेकुमा परीक्षण गर्दा २ जनाको रिपोर्ट नेगेटिभ आएको हो । 

संक्रमित दुई जनामध्ये एक जना जनकपुरधामबाट रहेर काम गर्ने धनुषा जिल्लाकै एकजना पत्रकार रहेका छन् भने अर्का एक जना महोत्तरीका निवासी पुरुष रहेका छन् । महोत्तरीका निवासी पुरुष जनकपुरधाममा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । संक्रमित दुवै जनाले आफ्नो स्वेच्छाले कोरोना परीक्षण गराएका थिए । धनुषा र महोत्तरीमो फेला परेका सबै संक्रमितहरुको कोरोना रिपोर्ट जनकपुरधाममा नेगेटिभ आएको थियो । 

शुरुमा सर्लाहीका युवाको जनकपुरमा पिसिआर रिपोर्ट नेगेटिभ आएपनि काठमाडौँमा रिपोर्ट पोजेटिभ आएको थियो त्यस पछि पिसिआर टेस्ट रोकिएको थियो भने थप दुई जनाको रिपोर्ट लगत नै आएपछि पिसिआर मेसिन परिवर्तन गरिएको थियो । तर नयाँ पिसिआर मेसिन लाग्दा पनि रिपोर्ट गलत नै आएको हो । 

यता प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रामविनय साहले आफुलाई यस मेसिनमा कुनै विश्वास नरहेकोले आफुहरु यहाँ रिपोर्ट नेगेटिभ आएपनि थप परीक्षणको लागि काठमाण्डौँमा पठाउँदै आएको बताए । उनले भने, ‘हामीसँग मेसिन नभएको अवस्थामा समेत स्वाब संकलन गरेर काठमाडौँ परीक्षणको लागि पठाउँदै थिए र विश्वासिलो पनि थियो । तर अहिले कसको अनुरोधमा यो चाइनिज मेसिन आएको छ त्यो पनि थाहा छैन् । हामीले मेसिन माग गरेका थिएनौँ ।’ 

आफूहरु सधै देखि ठुलो मेसिनको मागमा रहेको उनले बताए । जनस्वास्थ्य कार्यालयले विना कुनै सोधपुछ गरेर मेसिन पठाएको उनको भनाई छ । पहिलो मेसिन गलत रिपोर्ट दिएपछि जनस्वास्थ्य कार्यालयबाट पूनः विना सोधपुछ मेसिन पठाएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर