• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 05:06 am

कञ्चनपुरमा क्वारेन्टिनअवधि पूरा गरी ६२३ घर फिर्ता

कञ्चनपुर । कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टिनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन् ।

क्वारेन्टिनमा बस्दा खानपानको सम्पूर्ण व्यवस्था स्थानीय तहले मिलाएका थिए । क्वारेन्टिनमा बस्नका लागि आउँदा सामान्य स्वास्थ्य जाँच गरिएकालाई आरडिटी परीक्षणपश्चात घर फिर्ता गरिएको छ । आरडिटीको नतिजा सबैको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार क्वारेन्टिनको अवधि पूरा गरी घर फिर्ता हुनेमा भीमदत्त नगरपालिकामा १४५, महाकाली नगरपालिकामा २२, वेदकोट नगरपालिकामा ३६, शुक्लाफाँटा नगरपालिकामा ४२, कृष्णपुर नगरपालिकामा ३४, पुर्नवास नगरपालिकामा ३४, बेलौरी नगरपालिकामा १२०, लालझाडी गाउँपालिकामा १४६ र बेलडाँडी गाउँपालिकामा ३० जना छन् । 

क्वारेन्टिनको श्यया सङ्ख्या भीमदत्त नगरपालिकामा १००, महाकालीमा ५१, वेदकोटमा ६४, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३६, पुर्नवासमा ५०, बेलौरीमा १०५, लालझाडीमा ८९, बेलडाँडीमा २३ गरी ५४० रहेका छन् । कवारेन्टाइनमा १४ महिला र १४१ पुरुष गरी १५५ छन् । भारतबाट घर फर्कनेको सङ्ख्या बढ्दै जान थालेको छ । भारतबाट फर्किएका सबैलाई अनिवार्य क्वारेन्टिनमा राखिँदै आएको छ । हालसम्म भीमदत्तमा ४५, महाकालीमा छ, वेदकोटमा छ, शुक्लाफाँटामा तीन, कृष्णपुरमा १४, पुर्नवासमा १५, बेलौरीमा १५, लालझाडीमा ४१, बेलडाँडीमा १० गरी १५५ जना क्वारेन्टिनमा बस्दै आएका छन् । 
 
आइसोलेसन श्यया सङ्ख्या महाकाली अस्पतालमा आठ, वेदकोटमा छ र बेलौरीमा पाँच गरी १९ छन् । हालसम्म महाकाली अस्पतालमा १४८, भीमदत्त नगरपालिकामा ७६, महाकाली नगरपालिकामा ३६, वेदकोटमा ४३ गरी ३०३ जनाको पिसीआर विधिबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । तीमध्ये एक जनाको नतिजा पोजेटिभ आएकामा उपचारपछि उनी घर फर्किसकेका छन् ।  आरडिटी दुई हजार २९८ को गरिएकामा दुईको रिपोर्ट पोजेटिभ आएको थियो । दुवैको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।
 
कञ्चनपुरमा भारतलगायत अन्य देशबाट फर्केका पाँच हजार ८८२ जना रहेका छन् । विदेशबाट फर्केका सबैको स्वास्थ्य जाँच गरिएको छ । हालसम्म दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने २७ हजार २६५ जनालाई स्थानीय तहले राहत सामग्री उपलब्ध गराएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तरुण दलको मशाल जुलुशमा प्रहरीद्वारा लाठी चार्ज, आधा दर्जन सामान्य घाइते

  • १८ जेठ, २०७७

जनकपुरधाम । जनकपुरधाममा तीनै तहको सरकारको विरोधमा तरुण दलले निकालेको मशाल जुलुशमा प्रहरीले हसक्षेप गर्नुका साथै लाठी चार्ज गरेको छ । तरुण दलको

क्वारेन्टाइनमा बसेका ४ जनालाई र्‍यापिड पोजेटिभ देखिएपछि भैंसी गोठमा सारियो

  • १८ जेठ, २०७७

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्‍यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ

परीक्षण बिनै झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिए

  • १८ जेठ, २०७७

बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।