• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बाह्रविसे पुगेर मन्त्री दुलालले भने–'नआत्तिनुस, सरकार साथमा छ' [फोटोफिचर]

पहिलो चरणमा १ सय जनाको पिसिआर परीक्षण गरिँदै

काठमाडौं । शनिबार नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भयो । बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । 

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा संघीयताका औचित्य पुष्टि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै बताइसकेका छन् । सिन्धुपाल्चोकका बिरामी फेला परेपछि बागमती प्रदेश सरकार गम्भीर भएर लागेको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ सहतिको टोली आइतबार बिहान बाह्रविसे पुगेको थियो । 

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी सहितको ८ जनाको विज्ञ टोलीले अहिले कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरिरहेको छ । 

टोलीले मृतकसँग सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने काम गरेको जनाइएको छ । साथै, परीक्षणको दायरा बढाउँदै कन्ट्याक ट्रेसिङको काम तीव्र बनाइएको मन्त्रालयले जनाएको छ । 

पहिलो चरणमा सय जनाको कन्ट्याक ट्रेसिङको आधारमा पिसिआर परीक्षण गर्ने तयारी मन्त्रालयले गरेको छ । मन्त्री दुलालले स्थानीय सर्वसाधरणलाई होम क्वारेन्टाइनमा बस्दै सरकारको काममा साथ दिन आग्रह गरेका छन् । 

यसको वास्तविकता र वाह्रविसे क्षेत्रलाई चाँडै कोरोना मुक्त गराउनेतर्फ सरकार लागेको बताउँदै उनले नआत्तिन आग्रह गरेका थिए । उनीसँगै नेकपा केन्द्रीय सदस्य तथा जिल्लाका नेता माधव सापकोटा‘सुबोध’ लगायत बाह्रविसे पुगेका थिए ।

र्यापिड रेस्पोन्स टोलीको अझै प्रभावकारी सक्रियताले कोरोनाबाट हुने जोखिमलाई कम गर्न सकिने मन्त्रालयको स्वास्थ्य टोलीले जनाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर