प्रिमियर लिगका ६ खेलाडी र पदाधिकारीमा कोरोना संक्रमण देखियो
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गतका टिमका ६ खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएन रहेका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा पदाधिकारीहरुलाई आइसोलेशनमा राखिएको छ ।
१९ वटा क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण भएको थियो । नर्विच सिटीले भने मंगलबार परीक्षण गरेको छ ।
मंगलबारदेखि टिमका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण सुरु गरेका छन् । सोही दिन केही खेलाडीमा संक्रमण रहेको कुरा खुलेको हो ।
कोरोना भाइरसको महामारीका कारण रोकिएका लिगका खेलहरु सुरु गर्ने प्रयास स्वरुप मंगलबारदेखि अधिकतम पाँच जनासम्मको समूहमा प्रशिक्षण सुरु भएको छ ।
प्रतिकृया दिनुहोस